सरकारकाे सफलता मापन गर्न जनतामाझ जान नेता नेपालकाे चुनाैती

काठमाडौँ, पुस ४ गते । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा बिहिबार पनि नेताहरुले अध्यक्ष पुष्पकमल दाहालको राजनीतिक तथा

महासचिव बिष्णुप्रसाद पौडेलको सांगठानिक प्रतिवेदनमाथि धारणा राखेका छन् ।

पार्टी कार्यालय धुम्वाराहीमा बिहिबार बसेको बैठकमा प्रतिवेदनमथि समर्थन गर्दै थप परिमार्जन गर्न सुझाव दिइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । धेरैजसो नेताहरुले दुवै प्रतिवेदनप्रति सहमति जनाएका छन् । तर, केही नेताहरुले भने थप परिमार्जनका लागि सुझाव दिएका छन् ।बैठकमा २०७७ भित्र महाधिवेशन गर्नेगरी राजनीतिक प्रतिवेदन र विधानमा उपाध्यक्ष पद थप गर्नेगरी सांगठानिक प्रतिवेदन पेश भएको छ ।

बैठकमा पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले सरकारको सफलता जनतामाझ गएर मापन गर्न सुझाव दिए । सरकारकाे क्रियाकलापबाट जनता सन्तुष्ट नभएकाे उनकाे भनाइ थियाे ।

अर्का वरिष्ठ नेता झलनाथ खनालले पनि राजनीतिक प्रतिवेदनमा रहेको बीआरआई र इण्डो प्यासिफिक रणनीति गलत भएको बताए । बिहीबारबाट सुरु भएको नेकपा बैठकमा अब महासचिव विष्णु पौडेलले बोल्न बाँकी छ ।

अर्को बैठक शनिबार मात्र बस्ने प्रवक्ता श्रेष्ठले जानकारी दिए । शनिबारको बैठकमा छलफलमा उठेका प्रश्नहरुकाे अध्यक्ष पुष्पकमल दाहालले जवाफ दिने छन् ।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →