रुसी विपक्षी नेता नाभाल्नीले पश्चिमलाई “पुटिनको उन्मत्त शासन” विरुद्ध ठूलो सामाजिक सॅजाल अभियान सुरु गर्न आह्वान

काठमाडौैँ, वैशाख २ गते । रुसी विपक्षी नेता नाभाल्नीले पश्चिमलाई “पुटिनको उन्मत्त शासन” विरुद्ध ठूलो सामाजिक सॅजाल अभियान सुरु गर्न आह्वान गरेका छन ।

रुसी विपक्षी नेता एलेक्सी नाभाल्नीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन विरुद्ध “सत्य र स्वतन्त्र जानकारी” को नयाँ मोर्चालाई आग्रह गर्दै ट्वीटहरूको श्रृंखला जारी गरेका छन्, जसलाई उनले “क्रेमलिनबाट युद्ध अपराधी” भनेका छन्।

गत महिना जालसाजीको अभियोगमा उनी ९ वर्षको कारागार सजाय भोगिरहेका नाभाल्नीले आफ्नो ट्वीटमा भनेका छन्, “सत्य र नि:शुल्क सूचनाले पुटिनको विक्षिप्त ( पागल) शासनलाई अमेरिकी मार हान्ने उपकरण जस्तै जेभलिन जस्तै कडा असर गरेको छ,” उन्ले उल्लेख गरेका छन ।

उनले रूसी व्यक्तिहरू विरुद्ध ल्याइएका आपराधिक मुद्दाहरूलाई औंल्याए भनि सिएनएनले समाचार लेखेको छ ।

नाभाल्नीले भने रुसले डेढ महिनामा मात्र सावधानीपूर्वक सबै स्वतन्त्र सॅचारमाध्यमहरु बन्द र अवरुद्ध गरेको बताएका छन ।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →