विधार्थी जीवनमा चियागफबाट सुरु भएको कुराकानि कम्पनिमा परिणत अहिले दोश्रो साधरण सभा सम्पन्न ।

जापान पौष – १०, सन् २०२० मा जापानको नागोया शहरमा रहेका केही जागरूक विधार्थीहरूको अग्रसरतामा स्थापित विन विन ग्लोबल इन्भेस्टमेन्ट कम्पनीको दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ l

“बचत गर्ने बानीको विकास, लगानी गर्ने वातावरण निर्माण र प्रवर्द्धन ” गर्ने लक्ष्य लिएर स्थापना गरिएको उक्त कम्पनीको साधारण सभामा कम्पनीका संस्थापक अध्यक्ष अमृत श्रेष्ठले सभालाई सम्बोधन गर्दै कम्पनिको उद्धेश्यका बारेमा जानकारी गराएका थिए ।

नागोयामा कलेज पढ्ने विधार्थीहरूको चिया गफबाट सुरु भएको सानो कुरा एकतामा रूपान्तरण हुँदै अहिले कम्पनीको रूपमा स्थापित भएको छ l
विकसित देशमा बसेर समृद्ध नेपालको परिकल्पना गर्दै आफ्नो ठाउँ क्षेत्रलाई केही गरौँ भन्ने हुटहुटी बोकेका युवाहरूको कम्पनीमा आबद्धता रहेको छ l विद्यार्थी जीवनको कष्टकर समयबाट केही समय निकाल्दै र विश्व बजारको विकासलाई नियाल्दै भोलिका दिनमा वित्तीय स्वतन्त्रता प्राप्ति आफैले गर्नु पर्छ र बचत गरी देशमा पनि केही गर्नु पर्छ भन्ने मुल उद्देश्य कम्पनीले लिएको छ l जहाँ रहे पनि कम्पनीले सामूहिक लगानीको अवधारणालाई अङ्गीकार गर्ने साधारण सभामा जानकारी दिइएको थियो ।

( कम्पनीको विभिन्न लक्ष्य तथा उद्देश्य रहेको छ )

जम्मा २१ जनाबाट सुरु भएको यस कम्पनीले जापानमा मात्र एक हजार सदस्य पुराउने लक्ष्य लिएको छ l लक्ष्यमा पुग्न सहज नभए पनि आफूसँग भएको सिप र क्षमता प्रयोग गर्दै आम्दानीका श्रोत बढाउन सकिने विश्वास कम्पनिका पदाधिकारीहरूमा छ l उनीहरूले मुख्य शक्तिका रूपमा सामूहिक लगानीलाई सकारात्मक रूपमा लिने विज्ञ र दक्ष युवालाई लिएका छन् l सङ्गठित रूपमा युवाको एकतालाई कम्पनीले जोड दिएको छ।

विन विन हुने आर्थिक विकासका लागि सिप, दक्षता, गुण, विशेषता प्रयोग गर्न सकिने विधि र पद्धतिको विकाशका लागि मासिक रूपमा छलफल गर्ने, व्यावसायिक सङ्गठनको निर्माण गर्ने, संस्थासँग आबद्ध भई मासिक रूपमा आम्दानी गर्ने ब्यतिहरुले अनिवार्य मासिक रूपमा लगानी गर्न सकिने न्यूनतम रकम बचत गर्ने, नयाँ नयाँ उद्योग ,कलकारखाना सञ्चालनका लागि कम्पनीले व्यवस्था मिलाउने लक्ष्य लिएको छ ।

( केही वर्ष देखि जापानमा अध्ययनरत नेपाली बिद्धार्थीहरु मिलेर एक निजी कम्पनी स्थापना गरेका थिय l )
सभामा दीपक अधिकारीले गत आर्थिक वर्षको आयव्यय विवरण पेस गरेका थिए। चालु आर्थिक वर्षको लेखा परीक्षण प्रतिवेदन सागर भण्डारी पेस गरेका थिए l दुवै जनाले पेस गरेको विवरण सभाले पारित गरेको छ । सभामा पेस भएका चालु आर्थिक वर्षका लागि लेखा परीक्षक नियुक्त गर्दै पारिश्रमिक निर्धारण गर्ने र आगामी दिनमा नेपाल लगायत जापानमा पनि लगानीका क्षेत्र बढाउने, चुक्ता पुँजी वृद्धि गर्ने लगायतका प्रस्तावहरू पारित गरेको छ l
कम्पनिका अध्यक्ष अमृत श्रेष्ठको सभापतित्व , सम्पन्न कार्यक्रममा शब्द गुच्छाद्वारा संस्थापक सदस्य रमेस श्रेष्ठले सबैलाई स्वागत गरेका थिय भने कार्यक्रम सज्जन सिलवालले सन्चालन गरेका थिय ।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →