बेफेलोमा २ फिट हिमपातको साथै मृत्यु हुनेको संख्या १५ , शनिबार मात्र १८०० उडानहरु रद्ध

न्यूयोर्क, पुस १० गते । न्यूयोर्कको बेफेलोमा अहिले सम्म २ फिट हिमपात भएको सिएनएनले जनाएको छ ।

न्यूयोर्कले संघीय सरकारलाई आपतकालिन घोषणाको गर्न आह्वान समेत गरेको छ । न्यूयोर्कले राज्यमा कम्तिमा दुई जना सहित सवारी साधन दुर्घटनामा परि कूल १५ जनाको ज्यान गएको छ ।

साथै न्यूयोर्ककी गभर्नर क्याथी होचुलले शनिबार एक पत्रकार सम्मेलन मार्फत आपतकालिन घोषणा गर्न संघीय सरकारलाई समेत अनुरोध गरेकी छिन ।

कडा जाडो मौसमका कारण अमेरिकाभरि मात्र १४ लाखभन्दा बढी ग्राहक विद्युतविहीन रहेका छन् । न्यूयोर्कले जेफर्सन काउन्टीले आपतकालिन अवस्थाको घोषणा गरेको छ भने शनिबार यात्रा प्रतिबन्ध लागू गरेको छ ।

शुक्रबार बिहानदेखि हिउँ परेको न्युयोर्कको बफेलो विमानस्थलमा २७.८ इन्च (दुई फिटभन्दा बढी) हिउँ परेको राष्ट्रिय मौसम सेवाले जनाएको छ।

मौसम सेवाका अनुसार विगत २४ घण्टामा म्यान्सेलोना, मिशिगनमा २६.५ इन्च ;स्पार, मिशिगनमा २६ इञ्च ,अल्बा, मिशिगनमा २५ इन्च ,केनमोर न्यूयोर्कमा १८ इन्च तथा वाटरटाउन न्यूयोर्कमा १४ इञ्च परेको छ ।

यसै गरि शनिबार अहिले सम्म मात्र १,८०० उडानहरु रद्ध भएका छन ।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →