२०५१ को परिस्थिति र अह्हिलेको परिस्थिति तुलना मिल्दैन : मिनेन्द्र रिजाल

काठमाडौं, पुस २७ गते । नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले २०५१ को मनमोहन अधिकारीले पाएको विश्वासको मतसँग अहिलेको परिस्थितिलाई तुलना गर्न नहुने बताएका छन् ।

त्यसबेला मनमोहनको सरकार अल्पमतको भएकाले कांग्रेसले विश्वासको मत दिए पनि अहिले त्यस्तो अवस्था नरहेको उनको तर्क छ ।

‘२०५१ म संसदको सबैभन्दा ठूलो दलको नेताको रुपमा मनमोहन अधिकारीको अल्पमतको सरकार थियो’, रिजालले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अहिले दलहरुको स्पष्ट बहुमतको प्रचण्ड सरकार रहेको हो ।’

अझ अहिले कांग्रेसले नै वैकल्पिक सरकारको नेतृत्व गर्ने बाटो समेत खुला रहेको उनले उल्लेख गरेका छन् । ‘अहिले सबैभन्दा ठूलो दलको नेताले बहुमत नपाए पनि बैकल्पिक सरकार बनाउने बाटो छ, त्यो बेला थिएन’, रिजालले लेखेका छन् ।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →