शनिबार हुने ‘यम बराल : हिस्टोरिकल सोलो लाइभ इन कन्सर्ट’को सम्पूर्ण तयारी पूरा

काठमाडौँ, कात्तिक १७ गते । शनिबार काठमाडौंको नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा हुने ‘यम बराल : हिस्टोरिकल सोलो लाइभ इन कन्सर्ट’ सम्पूर्ण तयारी पूरा भएको छ ।

करिब २५ वर्षपछि हुन लागेको एकल गायन साँझका लागि आफू उत्साहित रहेको गायक यम बरालले अनलाइनखबरलाई बताए ।

‘कार्यक्रमका लागि तयारी पूरा भएको छ । दुई चरणमा गरी भोलि २०-२५ वटा गीतहरु लाइभ ब्याण्डमा प्रस्तुत गर्नेछु,’ उनले भने, ‘यो एकल साँझ सांगीतिक क्षेत्रका लागि सन्देश पनि हुने आशा लिएको छु । साथै यसले मेरा श्रोता-दर्शकलाई रिकल पनि गराउने विश्वास छ ।’

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →