भालुवाङ ४ साउन । दाङ—देउखुरीको भालुवाङ स्थीत राप्ती नदीको पुलमा ट्रक ठुलो दुर्घटना हुनबाट जोगिएको छ ।
नेपालगञ्जबाट कपिलबस्तुको चनरौटा तर्फ जाँदै गरेको लु १ ख ७२६४ नम्बरको खाली ट्रक आज शुक्रबार बिहान करिब साढे ७ बजेको समयमा भालुवाङको राप्ती नदी पुलमा दुर्घटना हुँदा ठुलो क्षति हुनबाट जोगिएको हो ।
ट्रकको अगाडीको दुबै तर्फको पटा भाँचिदा अन्यत्रित भई पुलमा ठोकिंदा उक्त दुर्घटना भएको अस्थाई ट्राफिक प्रहरी पोष्ट भालुवाङका ट्राफिक प्रहरी प्रमुख प्रहरी नायब निरीक्षक भुपेन्द्र गौलीले जानकारी दिए । पुलबाट ट्रक खस्नबाट जोगिएपछि ठुलो दुर्घटना हुनबाट जोगिएको उनले बताए । उक्त दुर्घटनाबाट पुलको पूर्व तर्फको चार वटा रेलिङ्ग भाँचिएको नायब निरीक्षक गौली जानकारी बताए । ट्रकमा चालक र सह—चालक मात्र रहेका थिए । दुर्घटनामा कुनै मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । ट्रक अहिले पुलमै रहेको छ ।