प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री मोदीबिच भेटवार्ता

न्युयोर्क (अमेरिका) असोज ७ गते । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीचको बहुप्रतीक्षित भेट नयाँदिल्ली वा काठमाडौंमा होइन, न्युयोर्कमा भयो ।

३० मिनेटको त्यो भेटको सुयोग पनि संयुक्त राष्ट्रसंघीय महासभाले जुराइदिनुपर्ने अवस्था उत्पन्न भयो ।

मोदी बसेको लोट्टे न्युयोर्क प्यालेसमा प्रधानमन्त्री ओलीसहितको नेपाली प्रतिनिधिमण्डल पुग्दा उनी आफ्नो भारतीय टिमसहित भेटवार्तालाई औपचारिकता दिन तयार थिए ।

न्युयोर्क भेटपछि मोदीले ओलीसँगका दुई तस्बिर साझा गर्दै लेखेका छन्, ‘प्रधानमन्त्री ओलीसँग भेट भयो । भारत नेपाल सम्बन्ध घनीभूत छ । यस घनिष्टतालाई अझै गति दिनेछाैं । ऊर्जा, प्रविधि र व्यापारमा केन्द्रित हुँदै हाम्रो कुराकानी भयो ।

मोदीले साझा गरेका तस्बिरमा ओपचारिकताको भाव नै बढ्ता छ । उनीहरु खुलस्त भावमा प्रकट हुन सकेकाे चाहिँ धेरै देखिँदैन ।

यहाँनेर पृष्ठभूमिको थोरै चर्चा गरौं । असार अन्तिम साता प्रचण्ड सरकारलाई विस्थापित गर्दै चौथोपल्ट प्रधानमन्त्री बनेका केपी शर्मा ओलीले सुरुदेखि नै भारतीय सद्भाव पाइरहेका थिएनन् । जनमतमा ठूलो, अनि संसदीय सिटमा दोस्रो बने पनि उनका लागि सत्तायात्रा असम्भव जस्तै बन्न गएको थियो ।

संसदबाट सर्वसम्मतिले चुच्चे नक्सा जारी अनि त्यसअघि नाकाबन्दीकालमा लिएको अडानका कारण ओली भारतीय संस्थापन वृत्तमा अप्रिय पात्र मानिएका थिए । भारतीय पक्षले आफूलाई सरकारमा आउन नदिने बुझेपछि उनी हरदम मिसन ८४ मात्रै भन्न थालेका थिए ।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →