काठमाडौँ, साउन २६ गते । चीनको पूर्वी तटतर्फ आएको आँधीबाट कम्तिमा २८ जनाको मृत्युभएको छ भने लाखौं मानिस घर छाड्न बाध्य भएका छन्। चीनको सरकारी सञ्चारमाध्यमका
अनुसार थप १० जना बेपत्ता भएका छन्। ताइवान र सांघाई सहरको बीचमा पर्ने वेनलिङ्मा सो घटना भएको हो।
सो आँधी चाइनाको झेजियाङ् प्रान्तमा आइपुग्ने त्यहाँको राष्ट्रिय मौसम विज्ञान केन्द्रले जनाएको छ। यहाँको जनसंख्या २० लाख रहेको छ।
आँधीका कारण ताइवानमा ३०० भन्दा बढी उडान रद्द गरिनुका साथै बजार र विद्यालय बन्द गरिएका छन्। त्यस्तै ताइवानको ४० हजार भन्दा बढी घरमा विद्युत कटौती गरिएको छ।
आँधीको चाप आउने सम्भावना बढेपछि त्यहाँका अधिकारीले स्थानीयलाई त्यस ठाउँ छोड्न निर्देशन दिएको थियो।
ताइवानमा बिहिबार मात्रै ६ रेक्टरको भूकम्प गएको थियो । चीनीया आपतकालिन मन्त्रालयका अनुसार आँधीले असर गर्ने सम्भावित क्षेत्रमा आपतकालिन टोलीलाई उद्दार कार्यमा सघाउनको लागि परिचालन गरिसकेको त्याँहाको सरकारी संचार माध्यमले जनाएको छ।