कांग्रेस नेता गगन थापा भन्छन्- ‘संसद्को गरिमा छैन ?, जति बोले पनि सरकारले ध्यान दिएन’

काठमाडौँ, साउन २६ गते । नेपाली कांग्रेसका नेता गगन थापाले सरकारले संसद्लाई नटेरेको आरोप लगाएका छन् । प्रतिनिधिसभा बैठकमा उनले आइतबार भने, ‘संसदमा जति बोले पनि सरकारले

त्यसप्रति ध्यान दिएन । हामीले बोलेका कुरा ५ दिनमै संसदभित्र जवाफ नआए बाहिर बोल्न बाध्य नपारियोस् ।’

संसद्को शून्य र विशेष समयमा उठेको प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले ५ दिनभित्र दिनुपर्ने व्यवस्था छ । तर सरकारले त्यो व्यवस्था उल्लंघन गरेको आरोप विपक्षी दलको छ । नेता थापाले संसदमा उठेका प्रश्नको जवाफ ५ दिनभित्र दिनैपर्ने बताए ।

संसद्को गरिमालाई कमजोर पार्ने खेलमा नलाग्न समेत उनले सरकारलाई चेतावनी दिए । संसदमा उठेको मुद्दा सुनवाइ नभएको भन्दै सांसदहरुले आपत्ति जनाउँदै आएका छन् । उनले भने, ‘यहाँ बोल्नु र बाहिर सिँढीमा बोल्नु केही फरक रहँदैन, यहाँ समयको पावन्दिले माइक काटिन्छ, बाहिर जति पनि बोल्न पाइन्छ, जयनेपाल ।’

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →

Leave a Reply

Your email address will not be published. Required fields are marked *