पृथ्वी नजिकैबाट गयो क्षुद्रग्रह, तत्कालका लागि टर्‍याे हिराेसिमाकाे भन्दा ठूलाे भयावह

काठमाडौँ, साउन २७ गते । आईफल टावर भन्दा पनि ठूलो एउटा क्षुद्रग्रह अर्थात् आकाशीय पिण्ड पृथ्वी नजिकैबाट गएको छ ।

पृथ्वीमा हुनसक्ने भयावह तत्कालका लागि भने रोकिएको वैज्ञानिकहरुले बताएका छन् । यद्यपि उनीहरुले उक्त पिण्डको भिडियो फूटेज संकलन गर्न भ्याएका छन् । वैज्ञानिकहरुका अनुसार यदी उक्त पिण्ड पृथ्वीमा ठोक्किएको भए जापानको हिरोसिमा र नागासाकीको भन्दा पनि ठूलो क्षति हुने थियो ।

२००६ मा पत्ता लगाइएको यो क्षुद्रग्रह यही साता पृथ्वीबाट ७० हजार किलोमिटर दूरी परबाट आफ्नै कक्षबाट गएको हो । नासाका वैज्ञानिकहरु यदी उक्त क्षुद्रग्रह पृथ्वीमा खसेको भए एउटा सिंगो सहर ध्वस्त हुने बताउँछन् । तर तत्कालका लागि त्यस्तो भयावह टरेको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् ।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →

Leave a Reply

Your email address will not be published. Required fields are marked *