भेनेजुएलालाई क्युबाको समर्थन

हवाना साउन २७ गते । क्युबाका राष्ट्रपति मिगेल दायास–केनेलले भेनेजुएला सरकारको पुनः समर्थन गरेका छन्। अमेरिका समेतका पश्चिमी मुलुकको बहिष्करणमा परेका बेला भेनेजुएला सरकारले समर्थन गरेको हो।

राष्ट्रपति दायासले अमेरिकी आर्थिक प्रतिबन्धको विरोध गर्दै भेनेजुएलाका जनताको प्रतिष्ठा र क्षमतालाई कसैले होच्याउन नसक्ने बताएका छन्। राष्ट्रपति केनेलले शनिबार गरेको ट्विटमा भनिएको छ, ‘भेनेजुएलाका जनताको बोलिभर क्रान्तिकारी कदमलाई कुनै पनि बाह्य शक्तिले तोड्न सक्दैन।’

दुई साताअघि क्युबाका राष्ट्रपति दायासले भेनेजुएलाको भ्रमण गरेका थिए। साओ पाउलो फोरमको २५औं बैठकमा सहभागी हुन भेनेजुएला पुगेका राष्ट्रपति दायासले भेनेजुएलाको संवैधानिक संकट विदेशीको उक्साहटमा भएको दाबी गरेका थिए।

उक्त बैठकमा राष्ट्रपति दायासले क्युबाले भेनेजुएलाप्रतिको आफ्नो अडान र विश्वास कहिल्यै नत्याग्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले गत सोमवार अमेरिकामा रहेको भेनेजुएलाको सम्पूर्ण सम्पत्ति रोक्का राख्ने आदेशमा हस्ताक्षर गरेका थिए। अमेरिकाले विपक्षी नेता हुवाँ ग्वाइदोलाई अन्तरिम राष्ट्रपतिको रूपमा मान्यता दिएपछि भेनेजुएलाले अमेरिकासँगको कूटनीतिक सम्बन्ध गत जनवरीमै तोडेको थियो।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →

Leave a Reply

Your email address will not be published. Required fields are marked *