विद्युत प्राधिकरणको नाफा १४९ प्रतिशतले वृद्धि, ४५ लाख जनसंख्यामा पुग्यो बिजुली

काठमाडौँ, साउन २८ गते । नेपाल विद्युत प्राधिकरणले आर्थिक वर्ष २०७५/७६ मा सवा ७ अर्ब नाफा गरेको जनाएको छ। यो गत अघिल्लो आर्थिक वर्षको भन्दा १४९ प्रतिशत हो।

आव २०७४/७५ मा प्राधिकरणको खुद नाफा २ अर्ब ९० करोड थियो। आज प्राधिकरणले वार्षिक उपलब्धी सार्वजनिक गर्दै यस्तो जनाएको हो।

प्राधिकरण विद्युत चुहावट नियन्त्रण गर्न पनि सफल भएको छ । आव २०७४/७५ मा चुहावट २०.४५ रहेकोमा अघिल्लो आवमा १५.३२ प्रतिशत कायम भएको छ। जुन अघिल्लो आवभन्दा ५.१३ प्रतिशत हो। आव २०७२/७३ मा चुहावट २५.७८ थियो।

यस्तै, गत आवमा नेपाल सरकारको ढुकुटीमा सवा १ अर्ब, विगत वर्षको ब्याजसमेत १३ अर्ब १६ करोड र रोयल्टीवापत १ अर्ब ४४ करोड जम्मा गरिएको प्राधिकरणले जनाएको छ। गत आवसम्म ग्रीडमा आबद्ध भइ विद्युत उपभोग गर्ने जनसंख्या करिब ७८ प्रतिशत अर्थात् ४५ लाख रहेकोमा यो तथ्यांक गत वर्षको तुलनामा १० प्रतिशतले वृद्धि भएको जनाइएको छ।

गत आवको कूल विद्युत उपलब्धता ७ अर्ब ५५ करोडयुनिट मध्ये प्राधिकरणको उत्पादन करिब २ अर्ब ५५ करोड, निजी उत्पादकको २ अर्ब १९ करोड र आयात २ अर्ब ८१ करोड युनिट रहेको जनाइएको छ। यस्तै प्राधिकरणले विद्युत निर्यात ३ करोड ४७ लाख युनिट गरेको छ।

प्राधिकरणले लामो समयदेखि सम्पन्न हुन नसकेका रुग्ण आयोजनामध्ये माथिल्लो त्रिशुली तथा काबेली कोरिडोरलगायत उत्पादनतर्फ १, प्रसारणतर्फ ३ र वितरणतर्फ ३४ गरी जम्मा ३८ रुग्ण आयोजनाहरुगत आर्थिक वर्षमा सम्पन्न भएका र १३ आयोजनाको ठेक्का सम्झौता रद्द गरी पुनः ठेक्का प्रक्रिया सुरु गरिएको जनाएको छ।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →

Leave a Reply

Your email address will not be published. Required fields are marked *