गड्गडाउँदो नदीका महिला गाइड

सिन्धुपाल्चोक, साउन २८ गते । मध्य मनसुनको धमिलो पानी अनि गड्गडाउँदो भोटेकोसीमा ¥याफ्टिङ । ¥याफ्ट बोटसँगै यात्रु नदीको छालसँग सङ्घर्ष गर्दै अनि मजा लिँदै बग्न थाले ।

ती ¥याफ्टिङ बोटहरूभन्दा अघिअघि एक्लै एकप्रकारको सानो डुङ्गा कायकमा एकजना महिला तैरिरहनुभएको थियो । महिला शोभा मगरमा सबैको आँखा परिरहेको थियो । ¥याफ्टिङमा जानेहरू अचम्ममा परे । त्यस्तो गड्गडाउँदो भोटेकासीमा एक्ली किशोरी ?
खासमा ¥याफ्टिङमा सुरक्षा दिन कायकरहरू अघिपछि तैरँदा रहेछन् र शोभा पनि सुरक्षा दिन प्याडल घुमाउँदै फूर्तिसाथ आफ्नो कायक चलाइरहनुभएको थियो । भोटेकोसीको ठूलाठूला छालभित्र शोभाको सानो कायक कहिले हराउँदै, कहिले निस्किँदै अगाडि बढिरहेको थियो ।
यसरी कायकिङ गरिरहेकी शोभा रमाइलोका लागि हैन, ठूलो जिम्मेवारीसहित हरेक दिन नदीमा ¥याफ्टिङ बोटसँगै बग्नुहुन्छ । ¥याफ्ट बोट पल्टिहालेमा वा कुनै तरिकाले डुङ्गाको यात्रु नदीमा खस्दा उद्धार गर्ने जिम्मा काँधमा बोकेर कायकिङ गर्दै हुनुुहुन्छ, यी १८ वर्षीया कायकर । उहाँले भोटेकोसीको छालसँग मितेरी लगाउँदै उद्धारको जिम्मेवारी सम्हाल्न थाल्नुभएको १४ महिना भइसकेको छ । भोटेकोसीमा कायकिङ सिकेर यहीँ नै ¥याफ्टिङ गराउने कम्पनी ¥याफ्टिङ स्टारमा कायकरको रूपमा काम गरिरहनुभएको छ उहाँ ।
उदयपुरको कटारीबाट उहाँ रिभर गाइड बन्नकै लागि एसईई सक्नेबित्तिकै काठमाडौँ आउनुभयो । रिभर गाइडकै काम गर्ने गाउँका चिनेका दाजुहरूको सहयोगमा उहाँले कायकिङ सिक्नुभयो । गाउँमा सानो कमला खोला मात्र देख्नुभएकी शोभालाई भोटेकोसीमा कायकिङ गर्न सुरुमा त डर लाग्यो तर डर धेरै समय रहेन ।
सिकेर अहिले भने उहाँलाई कम्पनीले सेफ्टी कायकिङको अनुमति दिएको छ । आफूले कायकिङ गरेको देखेर धेरैले स्याबासी दिने गरेको उहाँ बताउँदै उहाँ भन्नुहुन्छ, “कतिले यत्रो सानो मान्छेले रेस्क्यु गर्न सक्छ र ? भन्दै आश्चर्य व्यक्त गर्छन्, कतिले भने यस्तो साहसिक काम गर्दै जाऊ भन्दै हौसला दिन्छन् ।” अब यसैमा थप सीप र ज्ञान विकास गर्दै करिअर बनाउने लक्ष्य शोभाको छ । उहाँ मात्रै होइन, अरू महिला पनि नदीमा अरूको जीवन रक्षा गर्दै रोजगारी चलाइरहेका छन् ।
¥याफ्टिङका लागि प्राविधिक हिसाबले निकै जटिल र कठिन भनी विश्वमै कहलिएको छ, नेपालको भोटेकोसी–सुनकोसी नदी । यस्तो कठिन नदीमा उद्धारको जिम्मेवारी सम्हाल्नु कम साहसिक कर्म होइन । अझ भर्खरैका किशोरी महिला देख्दा जोकसैले पत्याइहाल्दैनन् । भोटेकोसीमै रेस्क्यु कायकरको काममा आउनुभएकी
आकृति खपाङ्गीको अनुभव पनि त्यस्तै छ । “आउटडोर एडभेन्चरमा स्वाभाविक रूपमा केही बढी जोखिम हुन्छ । हरबखत चनाखो हुनुपर्छ । त्यसैले यसमा महिला आउन रुचाउँदैनन्”, जोखिमपूर्ण नदीहरूमा कायकिङ गरिसक्नुभएकी २२ वर्षीया आकृति भन्नुहुन्छ, “मलाईचाहिँ मेरा दाइहरूले प्रोत्साहन गरेकाले यो पेसामा आएकी हुँ ।”
आकृतिले विगत साढे दुई वर्षदेखि लाइसेन्सप्राप्त सेफ्टी कायकरका रूपमा काम गर्दै आउनुभएको छ । यसबीचमा धेरैको उद्धार पनि गर्नुभएको छ । ¥याफ्टिङ गर्न आउनेहरू सबैमा पौडीको सीप हुँदैन । त्यसैले बोटबाट उछिट्टिएर बगेको अवस्थामा उनीहरू डराउँछन् । यस्तो अवस्थाका यात्रुलाई उद्धार गर्ने काम कायकरले गर्छन् । त्यसैले कायकलाई ‘रिभर एम्बुलेन्स’ पनि भनिन्छ ।
मानिसको उद्धारबाट पाउने आत्मसन्तुष्टिले यस पेसामा लागिरहन सधैँ प्रेरित गरेको आकृतिको अनुभव छ । उहाँले सुनकोसी, भोटेकोसी, इन्द्रावतीलगायत नदीमा सेफ्टी कायकर भई काम गरिसक्नुभएको छ । अब विदेशका नदीहरूमा कायकिङ र रिभर गाइड गर्ने सपना आकृतिको छ । ¥याफ्टिङ स्टारका सञ्चालक दीपककुमार राईका अनुसार आकृति र शोभा कम्पनीका स्टार सेफ्टी कायकर हुन् । आफ्नो एजेन्सीका अधिकांश इभेन्टमा महिला कायकरले सेफ्टी र रेस्क्युको भूमिका निर्वाह गर्दै आएको उहाँ बताउनुहुन्छ ।
नेपाल एसोसिएसन अफ ¥याफ्टिङ एजेन्सिज (नारा)का अनुसार एक हजार छ सय जना प्रमाणीकृत रिभर गाइडमध्ये महिला जम्मा १० जना छन् । नाराका महासचिव शिव अधिकारीले भन्नुभयो, “तीमध्ये पनि कति विदेश गइसके, कतिले काम छोडे होलान् ।” नाराले यस वर्ष भिजिट नेपाल २०२० लाई लक्ष्य गरी २० जना नयाँ महिलालाई रिभर गाइडको तालिम दिन लागेको उहाँले बताउनुभयो ।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →

Leave a Reply

Your email address will not be published. Required fields are marked *