जापान, असोज २३ गते । जापान सरकारको निमन्त्रणामा राष्ट्रपति विद्यादेवी भण्डारी जापान आउने भएकी छिन् ।
जापानी सम्राट नारुहितोको
यहि अक्टोबर २२ मा हुने राज्याभिषेक समारोहमा भाग लिन राष्ट्रपति विद्यादेवी भण्डारी जापान आउने भएकी हुन ।
राष्ट्रपति भण्डारी उक्त राज्यभिषेक समारोहमा भाग लिन जापान आउन लागेकी हुन् ।
जापानको टोकियोस्थित नेपाली राजदूतावासका उप-नियोग प्रमुख कृष्णचन्द्र अर्यालका अनुसार राष्ट्रपति भण्डारीको जापान भ्रमणको तयारी भईरहेको बताउनू भयो । जापान भ्रमणकोक्रममा राष्ट्रपति भण्डारीको स्वागतमा टोकियोस्थित नेपाली राजदूतावासद्वारा २१ तारीख़ एक रात्रीभोजको आयोजना गरेको छ ।
जापानी प्रधानमन्त्री शिन्जो आवेले राज्यभिषेक समारोहमा भाग लिन आउने विशिष्ट विदेशी पाहुनाहरुमध्य करीव ५० मुलुकका प्रतिनिधिसंग छुट्टाछुट्टै भेटवार्ता गर्ने भएका छन् ।
जापानको राजदरबारमा आयोजना हुने राज्याभिषेक समारोहमा भाग लिनका लागि जापानले सिरियाबाहेक बिश्वका १ सय ९४ राष्ट्रलाई निमन्त्रणा पठाएको यहाँको सरकारी स्रोतले जनाएको छ ।