करातेको कुमुते र उसुमा नेपाललाई स्वर्ण, १० हजार मिटर दौड र पुरुष खो–खोमा कास्य

काठमाडौँ, मङ्सिर १८ गते । १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत नेपालकी अनुपमा मगरले करातेको कुमुतेमा स्वर्ण पदक जितेकी छिन्। बुधबार बिहान भएको प्रतिस्पर्धामा उनले स्वर्ण हात पारेकी हुन्।

उसुको थाउलोतर्फ नेपालका दीपक हमालले सर्वण पदक जितेका छन्। दीपकले भारतीय खेलाडी साजन लामालाई ०.२० अंकले पराजित गर्दै स्वर्ण जितेका हुन्।

यसैगरी, एथलेटिक्सको पुरुषतर्फ १० हजार मिटरमा नेपालका दिपक अधिकारीले कांस्य पदक हात पारेका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको १० हजार मिटर दौडमा दिपकले ३० मिनेट ५०.०६ सेकेण्डमा निर्धारित दूरी पार गर्दै कांस्य पदक हात पारेका हुन्।

प्रतिस्पर्धामा भारतका सुरेश कुमारले २९ मिनेट ३३.६१ सेकेण्डमा निर्धारित दूरी पार गर्दै स्वर्ण हात पारे। यसैगरी, पुरुषतर्फ खो–खो खेलमा नेपालले कास्य पदक जितेको छ।

किर्तिपुरको नयाँबजारस्थित कभर्डहलमा बुधबार बिहान श्रीलंकाविरुद्ध तेस्रो स्थानका लागि भएको खेलमा नेपाल १३–७ अंक सहित विजयी भएको हो।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →

Leave a Reply

Your email address will not be published. Required fields are marked *