झारखण्डमा कंग्रेस गठबन्धनको बहुमत, हेमन्त सोरेन मुख्यमन्त्री बन्ने पक्का

भारत, पुस ८ गते । भारतको झारखण्डमा हालै सम्पन्न विधानसभा चुनाबमा कांग्रेस–जेएमएम–राजद गठबन्धनले स्पष्ट बहुमत ल्याएको छ।

८१ सिटका लागि भएको चुनाबमा गठबन्धनले ४७ सिट जितेको छ। अब राज्यको सत्तामा कांग्रेस–जेएमएम–राजद गठबन्धनको सरकार बन्ने भएको छ। गठनबन्धनलाई बहुमतको सरकार गठन गर्नका लागि ४१ सिट भए पुग्छ।

पाँच वर्ष राज्यमा शासन चलाएको भाजपा सोमबारको चुनाबी परिणामसंगै अब सत्ताबाट बाहिरिएको छ। यो जितसंगै झारखण्ड मुक्ति मोर्चा, कांग्रेस र राष्ट्रिय जनता दलको गठबन्धनबाट हेमन्त सोरेन झारखण्डको मुख्यमन्त्री बन्ने छन्।

केन्द्रमा सत्तामा रहेर अधिकांश राज्यमासमेत सत्ता सञ्चालन गरिरहेको भारतीय जनता पार्टी (भाजपा) ले महत्वपूर्ण राज्यबाट सत्ता गुमाएको छ।

चुनाब अघि जित्ने दाबी गरेको भाजपा २५ टिमा सीमित हुनु परेको छ। चुनावी परिणाम आएसंगै पाँच वर्ष झारखण्डमा मुख्यमन्त्री भएका भाजपाका रघुबर दासले पदबाट राजीनामा दिइसकेका छन्। चुनावमा उनी आफै पराजित भएका छन्। जबकि ४४ सिटसहित सत्तामा रहेको भाजपाले झारखण्डमा ६५ भन्दा बढी सिट जित्ने दाबी गरेको थियो। चुनाबमा अन्य पार्टी र स्वतन्त्रका गरी ९ जना विजयी भएका छन्।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →