राजेशचन्द्र राजभण्डारी
बागलुङ, ११ पुष- बागलुङ बजार दुलही झै सिंङ्गारिएकाे छ यही पुस ११ गतेदेखि २० गतेसम्म हुने बागलुङ महाेत्सव भब्य र सभ्य रूपमा सम्पन्न गर्न सबै बागलुङ बासि एकजुट भएर लागेका छन् ।
कला संस्कृतिकाे संरक्षण कृषि पर्यटन उद्योग तथा ब्यापारकाे प्रबर्द्धन भन्ने मुल नारासाथ गण्डकी प्रदेश स्तरीय पर्यटन कृषि तथा अाैधाेगिक ब्यापार मेला तथा बागलुङ महाेत्सव २०७६ काे सम्पुर्ण तयारी पूरा भएको बागलुङ उद्योग बाणिज्य संघका प्रेस सल्लाहकार राजेशचन्द्र राजभण्डारीले बताए ।
धाैलागिरि बहुमुखी क्याम्पसकाे प्राङ्गणमा हुने महाेत्सवकाे प्रमुख अतिथि राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले भब्य समारोह बिच
उद्घाटन गर्ने कार्यक्रम तय भएको प्रेस सल्लाहकार राजभण्डारीले बताए । महाेत्सवमा बागलुङका सांसदहरू नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय पदाधिकारी लगायतका बिशिस्ट ब्यक्तिहरूकाे सहभागीता रहने छ ।
बागलुङ जिल्लाका विभिन्न सांस्कृतिक झाकी प्रर्दशन विभिन्न जातजातिको भेषभुषामा सजिसजावट भएर बागलुङ बजार परिक्रमा गरेर
क्याम्पसमा अायाेजना हुने महाेत्सव भब्य र सभ्य रूपमा सफल बनाउने कार्यक्रम रहेको छ ।
१५० वटा भन्दा बढी ब्यापारीक स्टलमा ब्यापारीक सामान खरिदबिक्री गर्ने ब्यबस्था खेल मनाेरन्जनले महाेत्सव थप अाकर्षित गर्ने योजना बनाएको छ ।
तस्बिर: राजेशचन्द्र राजभण्डारी