काठमाडौं, पुस १३ गते । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को सचिवालय बैठक सकिएको छ।आइतबार बिहान प्रधानमन्त्री निवास बावालुटारमा सिचवालय बैठक बसेको हो ।
बैठकले सभामुखका उम्मेदवार र एकसीसीबारे केही निर्णय नगरेको स्रोतले जानकारी दिएको छ।
नेकपा सचिवालयले प्रदेश ३ को नाम वाग्मती र राजधानी हेटौंडा बनाउन निर्देशन दिएको छ । ३ नम्बर प्रदेश कमिटी र प्रदेशसभा दललाई सचिवालय बैठककोले प्रदेस को नाम वागमती प्रदेश र राजधानी हेटौंडा राख्न गरी निर्णय गर्न निर्देशन दिएको हो।
नेकपाको गतसाता चलेको स्थायी समिति बैठकपछि पहिलो पटक सचिवालयको बैठक बसेकोले समसामयिक विषयमा र समामुख चयनका विषयमा छलफल गर्ने नेताहरुले बताएका थिए।