बागलङ- पुषको चिसो मौसम साँझ बिस्तारै ढल्किदै थियो । चारै तिर पिंग चमच्चामा बत्तीहरु झिलिमिली भएका थिए । उनिहरु पनि आफ्नो तालमा नाचिरहेका थिए । चिसो मौसममा मैदान भरी दर्शक दिर्घाले भरिएका थिए । यो दृश्य थियो छैठौं बागलुङ महोत्सवको स्थान थियो धौलागिरी बहुमुखी क्याम्पस प्राङगण । आईतबार महोत्सवमा पछिल्लो समयमा चर्चित गायक प्रकाश सपुत आउने भनेपछि दर्शकहरुको बाक्लो उपस्थिति थियो । कार्यक्रममा युवा युवती
बालक वृद्ध बाबा आमा स्टेजको नजिक नियालि बसेका थिए ।
कार्यक्रम संचालन गरेका गायक गणेश पौडेलले प्रकाश सपुतको नाम लिँदा दर्शक दिर्घा उठ्दै बस्दै चारै तिर खोजिरहेका थिए । बागलुङको काठेखोला गाउँपालिकाको धम्जामा जन्मिएका सपुत जब सपुत स्टेजमा आफ्नो प्रस्तुतीका लागि आए दर्शकको मन जितेर छाडे ।
छोरी प्रबृष्टी सँगै स्टेजमा गएका सपुतले आफ्नो विगतलाई सम्झिरहे । आफुलाई आज प्रकाश सपुत बनाउने र यो स्थानमा पु¥याउने पहिलो स्थान नै बागलुङ महोत्सव भएको बताए । म यही बागलुङ महोत्सव हेर्न र दोहोरी गितमा भाग लिनका लागि गाउँ बाट भागेर आउँथे, सपुतले भने,‘गोजीमा एक सय रुपैया लिएर महोत्सव हेर्न र दोहोरी खेल्न आईन्थ्यो कहिले जितिन्थ्यो कहिले हारिन्थ्यो । मेरो लोकदोहोरी क्षेत्रको सुरुवात यही मञ्चबाट भएको भन्दा पनि फरक पर्देन ।’ उनले बागलुङ महोत्सवमा हुने दोहोरी प्रतियोगितामा भाग लिएर जितेका प्रमाणपत्रहरु धेरै रहेको बताए ।
चिसो मौसममा रातको आठ बजिसकेको थियो । गायक योगेश कजिले प्रकाशको गलबन्दी च्यातियो तिमले तानेर भन्दै बेला बेलामा दर्शकलाई सुनाएका थिए । उनले आफ्नो प्रस्तुती पछि प्रकाश आउने भनेपछि दर्शकको मन झनै आतियो । जब प्रकाश गित गाउनका लागि आगडी आए दर्शकको तालिले माहोलनै परिवर्तन भयो । झण्डै १ घण्टा आफ्नो प्रस्तुती राखेका सपुतले सुरुमा परदेशमा रहेका नेपाली युवाहरूलाई सम्झदै यस्तै कहानी परदेशीको ……गित बाट सुरु गरे । सपुतले चरर बरर…… र बोलमाया गित गाउँदा आफु पनि भावुक बने, दर्शकहरुलाई पनि भावकु बनाउनुका साथै कयौं दर्शकका आँखाबाट आसुँ आएका थिए ।
जब दर्शकलाई भावकु अवस्थामा देखेपछि सपुतले चिसो मौसममा तात्नेहैन त भन्दै चर्को आवाजमा दर्शक तर्फ तम्सीए । त्यसबछि उनले दर्शकलाई नचाउने खालमा रेलिमाई झ्याउरे ,झालैमा लुरूरू लौका, पञ्चेबाजा ,माकुर माकुर घुर, गलबन्दी र दोहोरी ब्याटल लगायतका चर्चित गित प्रस्तुत गरे । सपुतको आफ्नै ठाँउको मायाँले निकै फुर्काएको थियो बेला बेलामा लाझ लाग्छ भन्दै दर्शकलाई हसाँउँदै गित गाएका प्रकाश सँग युवा युवातीले निकै साथ दिए । उनलाई दर्शकबाट ‘वन्समोरको’ दबाब भई रहेको थियो ।
महोत्सबको तेस्रो दिन प्रकाश सँगै गायक योगेश काजि विसी, लोक दोहोरी गायिका अनुपा थापा, लोक गायक विक्रम राना गायक एवं संगितकार श्रीकृष्ण बम मल्ल लगायतले प्रस्तुती राखेका थिए । महोत्सवको चौथो दिन अर्थात सोमबार चर्चित गाएक एवं संगितका श्रीकृष्ण बम मल्ल, लोकदोहोरी गायक चोलेन्द्र पौडेल, जिवन दाहाल, लोकदाहोरी गायिका लक्ष्मी मल्ल, तुलासा जिसी लगायतका कलाकारको प्रस्तुती रहने बागलुङ उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष एवं सास्कृतिक कार्यक्रमका संयोजक उमाकान्त शर्मा बाबुले जानकारी दिए । महोत्सवमा आईतबार देखी दोहोरी गित प्रतियोगिता पनि सुरु भएको छ । बागलुङ उधोग बाणिज्य संघको आयोजनमा सञ्चालन भएको बागलुङ महोत्सब पुष २० गते सम्म सञ्चालन हुने छ । बागलुङको कला, संस्कृति, पर्यटन र व्यापार व्यवसायलाई प्रवद्धर्न गर्नको लागि महोत्सव गरिँदै आएको छ । उद्योग वाणिज्य संघले महोत्सवले भ्रमण वर्षलाई समेत सघाउ पुग्ने आयोजकको अपेक्षा रहेको छ । भ्रमण वर्षका रुपमा सरकारले मनाउन थालेको सन् २०२० लाई सहयोग पु¥याई बागलुङमा पर्यटक भित्राउनका लागि महोत्सवको आयोजना गरिएको उद्योग वाणिज्य संघ बागलुङका अध्यक्ष युवराज राजभण्डारीले जानकारी दिए ।
महोत्सवको अवसरमा विभिन्न खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रमहरुसँगै सांस्कृतिक झाँकी प्रदर्शनी गरिएको थियो । महोत्सवमा लोक दोहोरी गीत प्रतियोगिता, कृषि प्रदर्शनी, खुल्ला भलिबल प्रतियोगिता,हेलिकप्टरवाट दृश्य अवलोकन, प्याराग्र्लाडिङ, हस्तकला प्रदर्शनी, झाँकी प्रदर्शनी मुख्य आर्कषण्का रुपमा रहने आयोजकले जनाएको छ । महोत्सवमा २ सय व्यवसायिक स्टलहरु रहेका छन् ।
तश्विर नारायण रिजाल