सभामुखबारे नेकपाभित्र कुरा नमिलेपछि संसद बैठक फेरी स्थगित, अर्को बैठक २७ गते

काठमाडौँ, पुस १५ गते । सभामुखको टुंगो लाग्न नसकेपछि प्रतिनिधि सभाको बुधवार बस्ने भनिएको बैठक स्थगित गरिएको छ।

भोलि दिउँसो १ बजेका लागि बोलाइएको बैठक सूचना टाँस गरेर स्थगित गरिएको हो। अर्को बैठक पुस २७ गते दिउँसो १ वजेका लागि बोलाइएको छ।

सत्तासीन नेकपाभित्र सभामुख पद पूूर्ब एमालेले लिने कि पूूर्ब माओवादीले लिने भन्ने बिषय पेचिलो बन्दै गएपछि संसद बैठक स्थगित गरिएको हो।

नेकपाले सभामुखबारे निर्णय लिन सकेको छैन। मंगलबार दिउसो प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच बालुवाटारमा भएको भेटघाटबाट पनि सभामुखको टुंगो लाग्न सकेको छैन।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →