दमक, साउन ३ गते । झापाको दमक नगरपालिकाको वडा नं. २ र ३ हात्तीबाट प्रभावित बन्न थालेपछि स्थानीयहरु रातभर निदाउन नपाउने अवस्था सिर्जना भएको छ ।
केहि महिनायता दिनहुँ जसो हात्ती बस्तिमा छिरेर विध्वंस मच्चाउन थालेको स्थानीयको भनाइ छ ।
थानीय हम्सेदुम्से सामुदायिक वनमा केहि जंगलीहात्तीहरु रहेको र रातको समयमा बस्तिमा छिर्दा त्रास पैदा गर्ने गरेको छ । हात्ती वस्तिमा छिरेपछि ने गरेको छ ।
इलाका प्रहरी कार्यालय दमकका प्रमुख श्यामल सुब्बाका अनुसार वडाध्यक्ष सापकोटाको टाँडेघरको तलको भाग सबै भत्काएको छ । रातको समयमा हात्तीको क्षति न्यूनिकरण गर्नका लागि प्रहरी परिचालन गरिएको र हात्तीलाई बस्तिबाट जंगलतर्फ खेदेको उहाँले जानकारी दिनु भयो ।
विहिबार राती वडा नं. २ का वडाध्यक्ष प्रजापती सापकोटाको घरमा हात्तीले क्षति पुर्याएको छ । रातको २ बजेतिर आएको हात्तीले घरमा साथै अन्नपात नष्ट गरेको वडाध्यक्ष सापकोटाले बताउनुभयो । हामी परिवारका सदस्य र गाँउले समेत रात जागै बसेर काट्नु पर्यो, वडाध्यक्ष सापकोटाले भन्नुभयो ।
गाँउमा एकदेखि तीनवटासम्म हात्ती देखिने गरेको र हात्ती लखेटनका लागि टोलीटोली बनाएर रातभर गस्ति गर्नु पर्ने अवस्था आएको वडा नं. २ का वडाध्यक्ष नविन बरालले बताउनुभयो । राँको बाल्नका लागि मट्टितेल वितरण, हात्ती आएको जानकारी दिनका लागि साइरन जडान जस्ता उपाय गरे पनि हात्तीको क्षति कम हुन सकेको छैन ।
हम्सेदुम्से सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष हिमालयप्रसाद दाहालका अनुसार रातको समयमा मात्र नभएर दिनमा समेत हिडडुल गर्न समेत डराउनु पर्ने अवस्था छ । जंगलमा हात्ती रहने भएकाले घाँस दाउरा गर्न उपभोक्तालाई समस्या भएको र रातभर अनिदो बस्ने अवस्था आएको उहाँको भनाइ छ ।