आईसीसीमा नेपालबारे छलफल नै भएन, जिम्बाबे निलम्बनमा अन्तराष्ट्रिय प्रतियाेगितामा पनि प्रतिबन्ध

काठमाडौँ, साउन ३ गते । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) ले जिम्बावे क्रिकेटलाई निलम्बन गरेको छ। सरकारी हस्तक्षेप बढेको भन्दै आइसीसीले जिम्बावेसहित क्रोएसिया र जाम्बियालाई पनि निलम्बन गर्ने निर्णय गरेको हो।

सरकारी हस्तक्षेप बढेको र आइसीसीको धारा २(४) को सी र डी विपरीत काम गरेको भन्दै जिम्बावेलाई तत्कालैदेखि लागू हुनेगरी निलम्बन गरिएको हो।

आइसीसीले निलम्बनसँगै सबै अनुदान समेत रोक्का गरेको छ। अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता समेत खेल्न नपाउने जनाएको छ।

‘हामी हाम्रो मेम्बरलाई निलम्बन गर्ने निर्णयलाई हल्का तरिकाले लिँदैनौँ। खेलमा सरकारी हस्तक्षेप चाहदैनौँ। जिम्बावेमा भएको घटना एकदमै सिरियस छ र आइसीसीको नियम तोडिएको छ’आइसीसीका अध्यक्ष शशांक मनोहरले भने।

निलम्बनमा परेपछि अब जिम्बावेले अक्टोबर-नोभेम्बरमा यूएईमा हुने टी २० विश्वकपको ग्लोवल छनोट खेल्न पाउने सम्भावना अत्यन्तै न्यून रहेको छ।

आइसीसीले जिम्बावे क्रिकेट बोर्डलाई ३ महिनाभित्र यस मुद्दालाई समाधान गर्न अल्टिमेटम समेत दिएको छ। जिम्बावेले उपयुक्त कदम चालेमा आगमी अक्टोबरमा हुने बैठकमा कारबाही पुनरावलोकन गर्न सकिने आइसीसीले जनाएको छ।

आइसीसीले क्रोएसिया र जाम्बियाको क्रिकेट बोर्डलाई पनि निलम्बन गरेको छ। मापदण्ड नपुगेको भन्द मोरक्कोको क्रिकेट बोर्डलाई निष्काशन गरेको छ।

बैठकमा निलम्बनमा रहेको नेपाल क्रिकेट संघबारे भने कुनै छलफल भएन। सरकारी हस्तक्षेप बढेको भन्दै २०७३ साल वैशाख १३ मा क्यान निलम्बनमा परेको थियो। त्यसयता बारम्बार फुकुवाको प्रयास भए पनि सफल हुन सकेको छैन।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →

Leave a Reply

Your email address will not be published. Required fields are marked *