जापानमा कुलमान घिसिङलाई अभिनन्दन कार्यक्रमसहित इन्कोरेजमेन्ट अवार्ड २०१९ हुँदै

टोकियो साउन -३ गते । नेपालको विभिन्न क्षेत्रका ब्यक्तित्वहरुलाई पोत्साहन गर्ने उद्धेश्यले विश्वको पहिलो समाबेशी इन्कोरेजमेन्ट अवार्ड २०१९ हुने भएको छ ।

आगामी अगष्ट १७ तारिख शनिवार जापानको राजधानी टोकियोस्थित मेगुरो कुमिन सेन्टरमा सो अवार्ड हुन लागेको हो ।
जापानवाट नेपाली भाषाको समचार,मनोरञ्जन साथै सामाजिक कार्यमा समेत काम गर्दै आएको मातृ सन्देश डट कम र क्लव ४० इन्टरनेशनलको संयूक्त आयोजनामा नेपालको विभिन्न क्षेत्रको प्रतिष्ठित व्यक्तिको उपस्थितिमा मनोरञ्जनसहित अवार्ड कार्यक्रम हुनेछ ।

जापानबाट पहिलो पटक रमाईलो टिभी एचडीबाट प्रत्यक्ष प्रशारण समेतको ब्यवस्था गरेको कार्यक्रममा उज्यालो नेपालको नायक तथा नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङलाई जावानवासी नेपालीले अभिनन्दन कार्यक्रमसमेत रहेको छ ।

सो कार्यक्रममा पहिलो नेपाल आइडल बुद्ध लामा, चलचित्र विकास वोर्ड अध्यक्ष केशव भट्टराइ,चलचित्र कलाकार संघको अध्यक्ष तथा वरिष्ठ कलाकार रवीन्द्र खड़का ,सदाबहार नायक धिरेन शाक्य, रेडियो कान्तिपुरका स्टेशन मेनेजर दिनेश डिसी,रमाईलो टिभीका अध्यक्ष दयराम पाण्डे,चलचित्र पत्रकार संघको अध्यक्ष संदिप सापकोटा ,सरोज खनाल,नायिका सुस्मा अधिकारी,लोक गायिका अन्जु गौतम,सेलो गायिका मिन्स लामा,तामाङ चलचित्रकी नायिका लक्ष्मी तामाङ्,नायक दीपक डोटेल,हास्य कलाकार गणेश राई,हर्के हल्दार टीमको ८ जना सिवहरि नेपाल-पार्टीमा सहयोग गरेको समानुपातिकमा परेको ,ईन्द्र बहादुर लामा-खब्वे,अस्मीता बस्नेत-थुम्की,राजेन्द्र गिरी-गुन्द्रेके, शिव कँडेल -नमस्ते कृष्णे लगाएत सो अवार्ड कार्यक्रममा जापान आउने भएका छन् ।

उक्त दिन अवार्ड तथा म्यूज़िकल धमाका कार्यक्रमसहित उज्यालो नेपालको नायक तथा नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङलाई ग़ैरआवासीय नेपाली संघ जापानको विशेष सपोर्टमा जावानवासी नेपालीको अभिनन्दन कार्यक्रमसमेत रहेको हुँदा जापानवासी नेपालीलाई कार्यक्रममा उपस्थिति र सहकार्यको लागी सम्पूर्ण नेपाली संघसंस्थालाई खुल्ला अपील गरेको छ ।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →

Leave a Reply

Your email address will not be published. Required fields are marked *