विप्लब समूहका उपत्यका इन्चार्ज माइला तामाङ सहित तीन कार्यकर्ता पक्राउ

काठमाडौं, साउन ५ गते । विप्लब समूहका काठमाडौं उपत्यका इन्चार्ज तथा केन्द्रीय सदस्य माइला लामा सहित तीन जना पक्राउ परेका छन् ।

नेपाल प्रहरीले उनलाई शनिवार

राती १.०० बजे काठमाडौंको काँडाघारीबाट पक्राउ गरेको महनगरीय प्रहरी अपराध महाशाखाका टेकुका एक अधिकारी बताए ।
उनीसँगै पक्राउ परेकामा काभ्रे जिल्ला घर भइ हाल लाजिम्पाट बस्ने वर्ष ३०का रेशम भनिने कान्छा तामाड , कागेश्वर मनहरा घर भई काँडाघारी बस्ने डोलेन्द्र भट्टराइलाई समेत रहेका छन् ।
नागाजुर्न नगरपालिका घर भई हाल काँडाघारी बस्ने माइला लामा यस अघि नख्खु, अनामनगर, सुकेधारमा भएका विष्फोटका घटनामा संलग्न रहेको प्रहरीको दावी छ ।
यस अघि पूर्व माओवादीका संस्कृतिक विभाग प्रमुख रहेका थिए ।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →

Leave a Reply

Your email address will not be published. Required fields are marked *