नेकपाको सचिवालय बैठक आज, टुंगिएला त एकताको बाँकी काम?

काठमाडौँ, साउन ५ गते । सत्तारुढ दल नेकपाको सचिवालय बैठक आज बस्दै छ। दिउँसो १ बजेपछि प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बस्ने बैठकले तत्कालीन एमाले र माओवादीका

भागमा परेका केन्द्रीय विभाग प्रमुख र उप्रमुख, जिल्ला इन्चार्ज सहइन्चार्ज, केन्द्रीय आयोग प्रमुख उपप्रमुख, ज्येष्ठ कम्युनिस्ट मञ्च, सल्लाहकार परिषद्को नेतृत्वको विषय सहमति जुटाउने नेकपाका नेताले बताएका छन्।

पूर्वप्रधानमन्त्री झलनाथ खनालले जिल्ला इन्चार्ज, केन्द्रीय विभाग, केन्द्रीय आयोगको नेतृत्वको विषयबाहेक अरू एजेन्डामा बैठक प्रवेश गर्न नसक्ने बताएका छन्। पार्टीमा कसले कुन विभाग,आयोग र इन्चार्जको नेतृत्व पाउनेमा विवाद भएकाले अन्य विषयमा प्रवेश हुन कठिन हुने खनालको दाबी छ।

धेरैजसो विभाग, आयोग, जिल्ला इन्चार्ज, जेष्ठ कम्युनिस्ट मञ्च, सल्लाहकार परिषद्मा एमाले माओवादीले के कति संख्यामा लिनेबारेमा टुंगो लागिसकेको छ। यसअघि नै नेकपाका ३२ विभागमध्ये १८ विभाग तत्कालीन एमाले १४ माओवादीले लिने सहमति भएको थियो।
७७ जिल्ला इन्चार्जमध्ये एमाले ४६ माओवादी ३१ जिल्ला इन्चार्ज भागबन्डा गरेका छन्। ज्येष्ठ कम्युनिस्ट मञ्च माओवादी र सल्लाहकार परिषद्मा पूर्वएमालेले लिने र त्यसमा १२१–१२१ सदस्य हुने गरी सहमति भएको छ। तीन आयोग मध्ये दुई पूर्वएमाले एउटा आयोग माओवादीको कोटामा परेको छ।

पार्टीको विदेश विभाग प्रमुखमा माधवकुमार नेपाल, संगठन विभाग प्रमुखमा वामदेव गौतम, नीति अध्ययन प्रतिष्ठानको प्रमुखमा झलनाथ खनाल र अर्थ विभाग प्रमुख सुरेन्द्र पाण्डे हुने गरी टुंगिएको छ।

सल्लाहकार परिषद्का अध्यक्षमा पूर्वएमालेबाट केशव बडालले जिम्मेवारी पाएका छन्। ज्येष्ठ कम्युनिस्ट मञ्चको अध्यक्षमा पूर्वमाओवादीबाट नन्दप्रसाद प्रसाईंले पाएका छन्। लेखा परीक्षण आयोगमा डा.पुष्प कँडेल र अनुशासन आयोगमा अमृत बोहरालाई दिने आन्तरिक सहमति छ। यस्तै, पूर्वमाओवादीको भागमा परेको निर्वाचन आयोगको जिम्मा अमिक शेरचनले लिने भएका छन्।

यस्तै पार्टीको स्कूल विभागमा पूर्व माओवादीका नारायणकाजी श्रेष्ठ र पूर्व एमालेका ईश्वर पोखरेल दुवैले दावी छाडेका छैनन्।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →

Leave a Reply

Your email address will not be published. Required fields are marked *