टोकियोमा ‘भेडी गोठाले’को च्यारीटी,संकलित रकम लाईब्रेरी बनाउन सहयोग गरिने

टोकियो साउन ६ गते । तमधीं जापानको रजत जयन्तिको उपलक्ष्यमा गुरुङ संस्कृति तथा गुरुङ परम्परामा आधार बनाई निमार्ण गरिएको चलचित्र भेड़ी गोठाले ( क्यु प्ह्रो छे ) को च्यारीटी प्रर्दशन

आईतबार टोकियोमा सम्पन्न भएको छ ।

काठमाडौँमा गुरुङ भाषाको लाईब्रेरी निर्माण गर्ने उद्देश्य लिएर च्यारीटी सोको आयोजना गरेको तमुधी जापानले चलचित्र प्रर्दशनबाट २ लाख पचास हज़ार रुपैया संकलन गर्न सफल भएको छ । चलचित्र प्रर्दशनको लागि चलचित्रका निर्माता दुर्गा गुरुङ मिलनको उपस्थित रहेको थियो ।

जापानमा सन १९९५ मा थापना भएको तमुधींले गुरुङ संस्कृतिमा आधारित चलचित्र भेड़ी गोठालेको प्रर्दशनसगै रजत जयन्तिको औपचारिक कार्यक्रम शुभआरम्भ गरेको छ । चलचित्र प्रर्दशन गर्नु अघि कार्यक्रमको जापान मनि एक्सप्रेसका अध्यक्ष ओम गुरुङ, चलचित्रका निर्माता एवं सामाजिक अभियान्त दुर्गा गुरुङ मिलान, नेपाली ब्यबसायि एसोसिएशन जापानका अध्यक्ष बिजय थकालीले कार्यक्रमको संयुक्त रुपमा दिप प्रज्वलनगरी उद्धाटन गर्नु भएको थियो ।

अन्तराष्ट्रिय चलचित्र महोत्सवहरुमा अवार्ड प्राप्त गर्न सफल भएको चलचित्र प्रर्दशनबाट संकलन भएको २ लाख एेनमा एवं निर्माता गुरुङले ५० हज़ार थपगरी २ लाख पचास हज़ार रुपैया निकट भविष्यमा निर्माण हुने गुरुङ भाषाको लाईब्रेरीलाई प्रदान गरिने तमुंधीले जानकारी दिएको छ ।

सम्पन्न भएको उद्धाटन कार्यक्रम तमुधी जापानका अध्यक्ष अनिता गुरुङको सभापतित्वमा सम्पन्न भएको कार्यक्रम संचालन महासचिव चित्र गुरुङ तथा कार्यक्रमको उदेष्य सहित स्वागत मतब्य उपध्यक्ष अमर गुरुङ गर्नुभएको थियो ।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →

Leave a Reply

Your email address will not be published. Required fields are marked *