प्रम ओली र मोदीबीच फोन वार्ता मोदीलाई भ्रमणको निम्तो

काठमडौं, पुस १६ गते । प्रधानमन्त्री केपी ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच टेलिफोनमा कुराकानी भएको छ।

बुधबार बिहान प्रधानमन्त्री ओलीले भारतीय समकक्षी मोदीसँग टेलिफोन गरी नयाँ वर्ष २०२० को शुभकामना दिएका हुन्। मोदीले पनि ओलीलाई शुुभकामना दिएका थिए।

दुई देशबीचको सम्बन्धलाई नयँ उचाइमा पुर्याउन २०१९ सफल रहेको कुराकानीपछि प्रधानमन्त्री ओलीले ट्विटमा उल्लेख गरेका छन्।

‘बाँकी समस्याहरू समाधान गर्दै सम्बन्धलाई अझै उचाईमा पुर्याउन सन् २०२० सफल रहनेमा हामीले विश्वास व्यक्त गर्यौं,’ ओलीले भनेका छन्।
साथै, प्रधानमन्त्री ओलीले भारतीय समकक्षी मोदीलाई पुनः नेपाल भ्रमणको लागि आग्रह पनि गरेका छन्।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →