प्रतिभा खोज्दै काठेखोला गाउँपालिका

बागलुङ-

जिल्लाको काठेखोला गाउँपालिकाले गाउँपालिका भित्रका खेलकुद, कला साहित्य र अन्य विधाको प्रतिभाको पहिचाहन गर्न थालेको छ । पुराना लोक संस्कृतिको जगर्ने गर्ने र नयाँ प्रतिभाको पहिचाहन गरी युवाहरुलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ आगामी माघ १५ गते देखी १८ गते सम्म प्रथम अध्यक्षकप भलिवल एवं सांगितिक प्रतियोगिता संचालन गर्न लागिएको हो । गाउँपालिकाको वडा नं. –३ को धम्जा देउरालीमा संचालन हुनेप्रतियोगिता गरिनेछ । जसमा पहिलो हुनेले १० हजार, दोस्रो हुनेले ७ हजार र तेस्रो हुनेले ५ हजार रुपैयाँ प्त गर्ने गाउँपालिकाले जनाएको छ ।

प्रतियोगितामा सहभागी हुने तीन सय बढी खेलाडी, कलाकार र पाहुनालाई बलुढुंगा सामुदायिक होम स्टे लगायतमा निशुल्क खाना र बस्नको व्यवस्था गरिनेछ । गाउँपालिका भित्र रहेका लोपोन्मुख स्थानिय कला सस्कृतिको संरक्षण गर्न, युवाहरुमा एकताको भावना जागृत गरी मित्रता र भातृत्वको सम्बन्ध स्थापित गर्नका लागि हरेक वर्ष अध्यक्ष कपको आयोजना गरिने संयोजक विकले जानकारी दिए ।

गाउँपालिकाले प्रचलित एवं पौराणिक कला संस्कृतिहरुको संरक्षण सम्बद्र्धन एवं प्रदर्शन गर्ने छ संयोजक विकले भने, पुराना संस्कृतिको जर्गेना गर्ने नयाँ पुस्ताको दायित्व हो । युवा तथा कला संगितका प्रभिाहरुलाई आफ्नो क्षेत्रको विकास उन्नयन सँगै समाज विकासको यात्रामा पनि समाहित गर्नेछौं । प्रतियोगितामा पुग्ने पाहुना, खेलाडी, कलाकारलाई पर्यटकीय क्षेत्र बेलढुंगा लगायतका क्षेत्रमा घुमाउने कार्यक्रम समेत तय गरिएको काठेखोला गाउँपालिका–३ धम्जाका वडा अध्यक्ष याम श्रीसले बताए । सोही अवसरमा धम्जा देउरालीदेखि बेलढुंगा सम्म म्याराथुन लगायतका अतिरिक्त कार्यक्रम समेत वडा स्तरबाट आयोजना गरिएको छ । गाउँपालिकाले प्रतियोगिता संचालनका लागि गाउँकार्यपालिका बाट १५ लाख रुपैयाँ विनियोजन गरेको छ । कार्यक्रममा भलिवलको साथमा लोक तारा प्रतियोगिता, गजल तारा प्रतियोगिता, सोरठी प्रतियोगिता र विद्यालय स्तरीय बक्तृत्वकला प्रतियोगिता संचालन हुने गाउँपालिका अध्यक्ष अमर थापाले जानकारी दिए । हामीलग गाउँपालिका भित्रका कला तथा खेलकुदको नयाँ प्रतिभाको पहिचाहन गर्ने छौं । अध्यक्ष थापाले भने, स्थानिय संस्कृतिको संरक्षण गर्नुपनी हाम्रो मुख्य उद्देश्य हो । खेलकुद, कला साहित्य र संगितको माध्यमबाट सभ्य संस्कृतियुक्त शिक्षित सक्षम समुन्नत विकसित र आत्मनिर्भर सहितको समृद्ध काठेखोला निर्माण गर्ने ध्येयका गाउँपालिकाले उक्त प्रतियोगिताको आयोजना गरेको हो । भलिबल प्रतियोगितामा गाउँपालिका भित्रका सम्पुर्ण वडा बाट दुई/दुई समुह गरी १६ समुहको सभागिता रहने गाउँपालिका अध्यक्ष थापाले जानकारी दिए । नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी खेलकुद तथा सांगितिक कार्यक्रम मार्फत आन्तरिक तथा बाह्र
पर्यटक भित्राउने गाउँपालिकाको लक्ष्य रहेको छ । कार्यक्रममा विभिन्न स्थानिय तथा राष्ट्रिय कलाकारहरुको सहभागिता रहने गाउँपालिकाले
जनाएको छ । भलिवल प्रतियोगितामा प्रथम हुनेलाई एक लाख ३२ हजार, द्धितिय हुनेलाई ८० हजार रुपैयाँ रहेको छ । त्यसैगरी लोकतारा तर्फ प्रथम हुनेलाई ३० हजार रुपैयाँ, फष्ट रनरअपलाई २० हजार रुपैयाँ सकेण्ड रनरअपलाई १० हजार रुपैयाँ र न्त्वना ४ जनालाई दुई हजार पाँच सयका दरले पुरस्कार प्रदान गरिने गाउँपालिकाका कला सास्कृतिक तथा खेलकुद विकास समितिका संयोजक तथा कार्यपालिका सदस्य टिका संगम विकले जानकारी दिए ।

त्यसैगरी सँस्कृति तर्फ सोरठी प्रतियोगिता आयोजना गरिएको छ । प्रतियोगितामा बिजेता समूहलाई नगद ३० हजार, द्धितिय २० हजार
र तृतिय हुने समूहलाई १० हजार पुरस्कार प्रदान गरिनेछ । सोरठी प्रतियोगिता जिल्लामै पहिलो पटक गर्न लागेको गाउँपालिकाको दाबि
छ ।
साहित्य बिधा तर्फ काठेखोला गजल तारा –गजल) प्रतियोगिता राखिएको छ । यस प्रतियोगितामा प्रथम हुनेले १० हजार, द्धितिय ७ हजार र तृतियलाई ५ हजार प्रदान गरिनेछ । वाक्कला
तर्फ बिद्यालय स्तरिय –कक्षा १० सम्मको बिद्यार्थी बीच बत्तृत्वकला प्रतियोगिता गरिनेछ । जसमा पहिलो हुनेले १० हजार, दोस्रो हुनेले ७ हजार र तेस्रो हुनेले ५ हजार रुपैयाँ प्राप्त गर्ने गाउँपालिकाले जनाएको छ । प्रतियोगितामा सहभागी हुने तीन सय बढी खेलाडी, कलाकार र पाहुनालाई बलुढुंगा सामुदायिक होम स्टे लगायतमा निशुल्क खाना र बस्नको व्यवस्था गरिनेछ ।
गाउँपालिका भित्र रहेका लोपोन्मुख स्थानिय कला सस्कृतिको संरक्षण गर्न, युवाहरुमा एकताको भावना जागृत गरी मित्रता र भातृत्वको
सम्बन्ध स्थापित गर्नका लागि हरेक वर्ष अध्यक्ष कपको आयोजना गरिने संयोजक विकले जानकारी दिए ।
गाउँपालिकाले प्रचलित एवं पौराणिक कला संस्कृतिहरुको संरक्षण सम्बद्र्धन एवं प्रदर्शन गर्ने छ संयोजक विकले भने, पुराना संस्कृतिको जर्गेना गर्ने नयाँ पुस्ताको दायित्व हो । युवा तथा कला संगितका प्रभिाहरुलाई आफ्नो क्षेत्रको विकास उन्नयन सँगै समाज विकासको यात्रामा पनि समाहित गर्नेछौं । प्रतियोगितामा पुग्ने पाहुना, खेलाडी, कलाकारलाई पर्यटकीय क्षेत्र बेलढुंगा लगायतका क्षेत्रमा घुमाउने कार्यक्रम समेत तय गरिएको काठेखोला गाउँपालिका–३ धम्जाका वडा अध्यक्ष याम श्रीसले बताए । सोही अवसरमा धम्जा देउरालीदेखि बेलढुंगा सम्म म्याराथुन लगायतका अतिरिक्त कार्यक्रम समेत वडा स्तरबाट आयोजना गरिएको छ । गाउँपालिकाले प्रतियोगिता संचालनका लागि गाउँकार्यपालिका बाट १५ लाख रुपैयाँ विनियोजन गरेको छ ।