भीमसेन थापा : नेपालका प्रधानमन्त्री एवं राष्ट्रवादी योद्धा (जीवनी)

भीमसेन थापा नेपालको दोस्रो तथा सबैभन्दा लामो समयसम्म पदमा रहेका नेपालका प्रधानमन्त्री थिए। उनी वि.सं. १८६३ देखि १८९२ सम्म नेपालको प्रधानमन्त्रीका रुपमा काम गरेका थिए।

त्यतिबेला उनी राजा रणबहादुर शाहका शाही सचिव तथा सल्लाहकार थिए, जसलाई हजुरिया भनिन्थ्यो। त्यसपछि नै भीमसेन थापा राजनीतिमा हर्ताकर्ता भए।

वि.सं. १८५७ मा रणबहादुर अधित्याग गरेर निर्वासित जीवन बिताउन भारतको वाराणसी जाँदा भीमसेन थापा पनि सँगै गएका थिए। यसै सम्बन्धका कारण रणबहादुर शाहले भीमसेन थापालाई नयाँ विस्तारित सरकारमा काजी पदमा नियुक्त गरेका थिए। त्यतिबेला काजी पदलाई मन्त्रीसरह मानिन्थ्यो। वि.सं. १८६३ मा रणबहादुर शाहको हत्या उनकै सौतेनी भाइ शेरबहादुर शाहद्वारा भएपश्चात् भीमसेन थापाले ९३ जनाको हत्या गरेर स्वयं आफू मुख्तियार बनेका थिए। तात्कालीन अवस्थामा मुख्तियार प्रधानमन्त्रीसरहको पद थियो।

भीमसेन थापाको प्रधानमन्त्री कालमा नेपाल साम्राज्यको निकै विस्तार भएको थियो। त्यसबेला नेपालको सीमाना पश्चिममा सतलज नदी र पूर्वमा टिस्टा नदीसम्म पुगेको थियो। तर, सन् १८१४–१८१६ सम्म नेपाल विनाशकारी अङ्ग्रेज–नेपाल युद्धमा फस्यो, जसको फलस्वरूप नेपालले सुगौली सन्धि गरेर आफ्नो एक तिहाई जमिन इस्ट इण्डिया कम्पनीलाई बुझाउनु पर्‍यो। यस युद्धमा पराजयकै कारण नेपालमा ब्रिटिस साम्राज्यको अर्धऔपनिवेशिक राज्य बन्न पुग्यो।

वि.सं. १८७३ मा युवावस्थामै राजा गीर्वाणयुद्ध विक्रम शाहको मृत्यु भयो। उनका उत्तराधिकारी राजा राजेन्द्र विक्रम शाह सानै भएको, रणबहादुर शाहकी कान्छी श्रीमती रानी ललित त्रिपुरा सुन्दरी र केही दरबारियाको समर्थनकै कारण नेपाल अङ्ग्रेज युद्धमा हार भएता पनि भीमसेन थापा शक्तिमै रहिरहे। उनले नेपालको भूमि रक्षार्थ आफ्नो बलबुताले भ्याएसम्मको मेहेनत गरेका थिए।

वि.सं. १८७३ मा उनको ठूलो समर्थक रानी ललित त्रिपुरा सुन्दरीको मृत्य तथा राजा राजेन्द्र विक्रम शाह युवावस्थामा पुगेपछि भीमसेन थापाको शक्ति स्थिर भएको थियो। मुख्यत पाण्डेहरू भीमसेन थापालाई दामोदर पाण्डेको वि.सं. १८६१ मा भएको हत्याको योजनाकार भएको आरोप लगाएका थिए। त्यही आरोप र दरबारियाहरुको किचलोका कारण वि.सं. १८९६ मा भीमसेन थापा जेल हालिए र उनले त्यहीँ आत्महत्या गरे। तर, उनको मृत्युपश्चात् पनि आन्तरिक कलह शान्त भएन र त्यसको फलस्वरूप देशमा जहाँनियाँ राणा शासनकालको उदय भयो।

भीमसेन थापाको जन्म वि.सं. १८३२ भदौ महिनामा गोरखाको बोर्लाङको पीपलथोक गाउँमा बगाले थापा क्षेत्री परिवारमा भएको थियो। अमरसिंह थापा सानुकाजी र सत्यरूपा मायाका जेठा छोरा थिए। उनका हजुरबुवा नेपाल एकीकरणकालका काजी वीरभद्र थापा थिए। उनी बगाले थापा क्षत्री कुलका थिए। उनका भाइहरू सहोदरमा नैनसिंह थापा, अमृतसिंह थापा, बख्तावर सिंह थापा, रणवीर सिंह थापा तथा सौतेनीमा रणजावर सिंह थापा र रणबम सिंह थापा थिए। ब्रतबन्धको क्रममा सर्वप्रथम भीमसेन थापाको भेट युवराज रणबहादुर शाहसँग भएको थियो। त्यसबेला उनको उमेर १० वर्षको थियो। एकै उमेरमा शाह र थापाको मित्रताको आधार त्यसै बेला तयार भएको हो। उनको बाल्यकाल गोर्खामा निकै सुखमय रुपमा बितेको थियो। उनको पढाइको व्यवस्था त्यस बेलाको परिस्थितिअनुरुप मिलाइएको थियो।

पृथ्वीनारायण शाहका जेठो छोरा प्रतापसिंह शाहले वि.सं. १८३२–१८३४ सम्म शासन गरेका थिए। तर, शासनभार सम्हालेको २ वर्ष एवं अल्पायुमा भएको मृत्युका कारण प्रगतिपथमा रहेको नेपाल राज्य तथा विशाल सत्ता रिक्त हुन पुग्यो। प्रतापसिंह शाहको मृत्यु हुँदा उनका उत्तराधिकारी अर्थात् छोरा रणबहादुर शाह मात्रै २ वर्ष ६ महिनाका थिए। उनको शासनकाल १८३४ देखि १८५६ सम्म रह्यो। वि.सं. १८४२ सम्म रानी राजेन्द्रलक्ष्मी कार्यकारी राजप्रतिनिधि भएर राज्यसत्ताको काम सम्हालेकी थिइन्। पछि पृथ्वीनारायण शाहको दोस्रो छोरा बहादुर शाहले राज्यसत्ता सम्हाले। राष्ट्रिय प्रशासनको मुद्दालाई प्रमुख नबनाएर दरबारिया विरोधीहरूले यी दुई राज्य प्रतिनिधिहरूको शाही जीवनलाई प्रमूख मुद्दा बनाए, जसका कारण भविष्यमा हुने राज्य प्रतिनिधिको दौडका लागि नयाँ परम्पराको जग बस्न पुग्यो। वि.सं. १८४५–१८४९ मा नेपाल–चीन बिचको युद्धको अनिवार्यताका कारण बहादुर शाहलाई ब्रिटिशको सहयोग माग्नुपरेको थियो, जसका कारण वि.सं. १८४९ मा अङ्ग्रेजहरूसँग व्यापारिक सन्धिमा हस्ताक्षर गर्नुपर्‍यो।

रणबहादुर शाहको युवावस्था स्नेहका निमित्त विलासितामा खर्च भएको थियो। वि.सं. १८५१ मा रण बहादुरको उमेर पुगेपछि उनले सर्वप्रथम आफ्नो काका बहादुर शाहलाई सबै सरकारी पदबाट हटाउनुको साथै सरकारलाई पुनर्गठित गरे। वि.सं. १८५२ को मध्यमा उनी एक मैथिल ब्राह्मण विधवा कान्तवती झामाथि मन्त्रमुग्ध भए र उनीसँग विवाह गर्न आतुर रणबहादुरले आफ्नो पछिल्लो विवाहबाट भएको प्रत्यक्ष सन्तानलाई उत्तराधिकारी नबनाई कान्तवतीको छोरालाई उत्तराधिकारी बनाउने बाचासहित उनीसँग विवाह गरे।

वि.सं. १८५४ मा उनले आफ्नो काका, जो एक सेवानिवृत्त जीवन बाँचिरहेका थिए र चीनका नयाँ सम्राटसँग बैठकको बहानामा चीनमा शरणार्थी जीवन बिताउन खोजिरहेका थिए, उनलाई जेलमा कैद गरे र पछि उनको हत्या गरे। यस काण्डका कारण रणबहादुर शाह दरबारिया तथा आम जनमानस विशेष गरी ब्राह्मणहरू तथा वैद्यहरूमा कुख्यात बन्ने पुगे। यसले पनि भीमसेनको सत्तारोहणका लागि सहज वातावरण सिर्जना गर्दै गयो।

वाराणसीको बसाइका क्रममा उनले बेलायती साम्राज्यको नजिकबाट अध्ययन गरे। बेलायती ‘फुटाउ र शासन गर’को नीति अनुसार अङ्ग्रेजले भारतीय राज्यहरू हडपेको तथ्य बुझे। अङ्ग्रेजहरू सर्वप्रथम व्यापार गर्ने बहानामा राज्यमा शरण माग्ने र राज्यको सम्पूर्ण ज्ञान प्राप्त गरेपछि आक्रमण गर्दा भारत अङ्ग्रेजको दास भन्न पुगेको तथ्य उनले थाहा पाए। तर, राजा रणबहादुर विलासितामा डुबेका थिए र एक बनारसी साहुको थुप्रो ऋण लिई नतिर्दा थिय | लोकपाटी बाट

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →