काठमाडौँ, पुस २० गते ।सत्तारुढ दल नेकपाकाे सचिवालय बैठक शुरु भएकाे छ। प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा शुरु भएकाे बैठकमा आसन्न केन्द्रीय कमिटीको बैठक
र सभामुख पदको उम्मेदवार चयनलगायतका विषयमा छलफल केन्द्रीत रहेकाे जनाइएकाे छ।
सभामुख टुंगो नलाग्दा प्रतिनिधिसभा बैठक पटक पटक प्रभावित हुँदै आएकाे छ। तत्कालिन सभामुख कृष्णबहादुर महरा यौनदुर्व्यवहारको आरोपमा पक्राउ परेपछि रिक्त भएको सभामुख पदमा पूर्वएमालेबाट सुवास नेम्वाङ र पूर्वमाओवादीबाट अग्नि सापकोटाले दाबी गरेका छन्।
यस्तै आगामी बुधबारका लागि तय भएकाे नेकपाकाे केन्द्रीय कमिटीकाे बैठक केही पर सार्ने गरि पनि छलफल भइरहेकाे छ। अहिले राष्ट्रियसभा निर्वाचन र सभामुखको उम्मेदवार चयनमा नेताहरु व्यस्त हुनुपर्ने कारण देखाउँदै बैठक केही समय स्थगित गर्ने तयारी भइरहेको हो।
तत्कालीन एमाले र तत्कालीन माओवादीबीच पार्टी एकता भएपछि नेकपाको केन्द्रीय समितिको बैठक औपचारिक रुपमा बस्न सकेको छैन।