अमेरिकी राष्ट्रपति ट्रम्पको इरानलाई कडा चेतावनी

काठमाडौँ, पुस २० गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अमेरिकी जनता र सम्पतिमाथि आक्रमण गरे कठोर आक्रमण गर्ने चेतावनी दिएका छन। उनले इरानका विभिन्न ५२ स्थानमा आक्रमण गर्ने चेतावनी दिएका हुन।

शुक्रबार अमेरिकी आक्रमणमा इरानी जनरल कासिम सोलेमानीमाथि मारिएपछि इरानले त्यसको बदला लिने धम्की दिएपछि ट्रम्पको पछिल्लो भनाइ आएको हो। ट्रम्पले श्रृखलाबद्ध ट्विट गर्दै इरानले खुल्लमखुल्ला अमेरिकाको सम्पतीमाथि आक्रमण गर्ने जनाएको उल्लेख गर्दै थप आक्रमणको चेतावनी दिएका हुन।

उनले आक्रमणका लागि अमेरिकाले इरानका उच्चस्तर र सांस्कृतिक महत्वका ५२ वटा स्थानहरूको पहिचान गरिसकेको पनि उल्लेख गरेका छन्। सन् १९७९ देखि इरानले बन्धक बनाएका आफ्ना ५२ नागरिकको संख्याबराबरकै स्थानमा हमला गरिने ट्रम्पको ट्वीटमा उल्लेख छ।

अमेरिकाले थप खतरा नचाहेको उनको भनाइ छ। सोलेमानीको बग्दादमा अन्त्ष्येष्टी भएको केही घण्टापछि ट्रम्पको यस्तो चेतावनी आएको हो। अन्त्येष्टि लगत्तै इराकस्थित अमेरिकी दूतावास आसपासका क्षेत्रमा रकेट आक्रमण समेत भएको थियो।

आक्रमणमा केही मानिस घाइते भएका छन्। आक्रमणको कुनै समूहले जिम्मा नलिएपनि त्यसमा इरान समर्थक मिलिसया सग्लन रहेको अनुमान गरिएको छ।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →