काठमाडौँ, माघ २४ गते । चीनमा कोरोना भाइरसको पा्रकोपबाट ५६३ जनाको मृत्यु भएको छ । पश्चिमाहरुले हल्ला फैलाएको जस्तो चीनले कोरोनाको प्रकोप नियन्त्रण गर्नै नसकेको भने होइन ।
नेसनल हेल्थ कमिसन चाइनाको रिपोर्ट अनुसार चिनले कोरोनाको प्रकोपलाई विस्तारै नियन्त्रण गरेको छ ।
कोरोना प्रकोप रोक्न चिनले ४८ घण्टामा हजार शैयाको अस्पतालसमेत बनाएर उपचार गरिरहेको छ । कोरोनाको संक्रमण लाखौंलाई भएको पनि देखिदैन । त्यसैगरी यो रिपोर्टअनुसार कोरोना भाइरस संक्रमणीतहरुलाई बचाउन सकिन्छ । अहिलेसम्म २८,७०२ जनालाई कोरोनाको संक्रमण भएको पाइएको छ भने ११५३ जनालाई उपचारपछि निको भएको नेसनल हेल्थ कमिसन चाइनाले जनाएको छ । २४,७०२जनामा कोरोना भाइरस सङ्क्रमण भएको आशङ्का गरिएको छ भने १,८६,३५४जनालाई चिकित्सकीय निगरानीमा राखिएको छ ।