शेर्पा संघ जापानको १२औँ अधिवेशनबाट अध्यक्षमा दावा शेर्पा चयन

जापान ,फागुन १३ गते । शेर्पा संघ जापानको १२औँ अधिवेशन टोक्योमा सम्पन्न भएको छ । सोमवार एक भेलागरि अधिबेशन सम्पन्न गरेको हो ।

अधिवेशनबाट दावा शेर्पाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ ।

२१४७ च्याक फो चिवा ल्हो २०२० ग्याल्पो ल्होछारको कार्यक्रमको मिती नजिकिदै गर्दा अध्यक्ष छेवाङ जाङबु शेर्पा लामाले आफ्नो अध्यक्षतामा भएको कार्यसमितिलाई भङ्ग गर्दै सशक्त र सक्रियताका साथ अगाडी बढाउन २०२०-२०२२ को नयाँ कार्यसमितीका लागि मार्ग प्रशस्त गरेको बताइएको छ ।

नयाँ कार्यसमितीको अध्यक्षमा दावासहित, बरिष्ट उपाध्यक्ष सोनाम शेर्पा, दुई उपाध्यक्षहरूमा काजी शेर्पा र डेनी शेर्पा, महासचिवमा फुरवाक्पा शेर्पा, सचिबमा सेर्की टि शेर्पा, कोषाध्यक्ष याङ्जी शेर्पा रहेका छन । त्यस्तै सदस्यहरुमा डुकु शेर्पा, सोनाम शेर्पा, मिङ्मार शेर्पा र मिङ्मा शेर्पा चयन भएका छन् ।

अधिवेशन पूर्व अध्यक्ष लाक्पा गेलु शेर्पाको प्रमुख आतिथ्यता र निवर्तमान अध्यक्ष छेवाङ जाङबु शेर्पा लामाको अध्यक्षता तथा छोङ्बा शेर्पा सहितको निर्वाचन मण्डलले नयाँ कार्यसमितीको घोषणा गरेको हो ।

शेर्पा संघ जापानले यहि मार्च १ तारिख टोक्योमा ग्याल्पो ल्होछार विशेष सांस्कृतिक कार्यक्रम गर्न लागेको छ ।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →