झलनाथ खनाल भन्छन् ‘ निर्णय कार्यान्वयन नगर्ने हो भने प्रधानमन्त्री बाहिरिनुपर्छ ’

काठमाडौँ, फागुन १५ गते । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको बुधबारको सचिवालय बैठकले नेता बामदेव गौतमलाई राष्टिय सभामा मोनित गर्ने निर्णय गरेको केही घण्टा नबित्दै

प्रधानमन्त्री केपी ओलीले सो निर्णय नमान्ने प्रतिक्रिया दिएपछि वरिष्ठ नेता झलनाथ खनालले सचिवालयको निर्णय टाउकाले टेकेर भए पनि कार्यान्वयन गर्नुपर्ने अडान राखेका छन्।

नेता खनालले पार्टी छाडेर बाहिर गएको अवस्थामा मात्रै आफ्नो निर्णय लागू गर्न प्रधानमन्त्री स्वतन्त्र हुने स्पष्ट पारेका छन्। आज प्रकाशित नयाँपत्रिका दैनिकसंगको कुराकानीमा उनले भनेका छन्, ‘पार्टीले गरेको निर्णय कार्यान्वयन गर्नुबाहेक उहाँसँग विकल्प छैन । कित प्रधानमन्त्री नै नेकपाबाहिर जानुपर्यो। नेकपाको अध्यक्ष हुने, अनि पार्टीको निर्णय नमान्ने भन्ने हुन्छ ?,’ प्रधानमन्त्रीले निर्णय नमानेर अर्कै नाम सिफारिस गर्नुभयो भने के हुन्छ ? भन्ने प्रश्नको जिाज्ञासामा खनालले भनेका छन्।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →