अमेरिका पठाई दिने प्रलाेभनमा राज्यमन्त्री मानन्धरका सल्लाहकारले गरे किशोरीकाे बलात्कार

काठमाडौँ, फागुन १५ गते ।बन्धक बनाएर एक १७ वर्षीया किशोरीलाई बलात्कार गरेकाे अभियाेगमा शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरका सल्लाहकार अमृतकुमार घले पक्राउ परेका छन्।

घलेले टोखास्थित आफ्नो फ्ल्याटमा बन्धक बनाई किशोरीलाई बलात्कार गरेका थिए ।

पढाइको बिदामा आफ्नो घर सिन्धुली गएकी ती किशोरीलाई घलेले काठमाडौं फर्कने बेला बनेपाबाट आफ्नो मोटरसाइकलमा काठमाडौं ल्याएको प्रहरीको भनाई छ ।

५२ वर्षीय घलेले काठमाडौामा रहेको आफ्नै कोठामा किशोरीलाई चार दिनसम्म बन्धक बनाएर बलात्कार गरेको उजुरी परेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।घलेले किशोरीलाई अमेरिका पठाईदिने प्रलोभनमा पारेर कोठामा बन्धक बनाई लगातार बलात्कार गरेको खुल्न आएको छ ।

काठमाडौंमा आफ्नी दिदीसँग बस्दै आएकी किशोरी कक्षा १२ मा अध्ययनरत थिइन् ।घलेलाई फागुन १ गते पक्राउ गरी अनुसन्धान अघि बढाईएको प्रहरीले जनाएको छ।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →