राष्ट्रिय सभाका नयाँ १८ सदस्यले शपथ लिदै

काठमाडौं, फागुन २१ गते । राष्ट्रिय सभाका निर्वाचित १८ जनाले बुधबार शपथ लिँदै छन् । माघ ९ गते भएको निर्वाचनबाट १८ जना चुनिएका हुन् । एक स्थानमा भने राष्ट्रपतिबाट मनोनयन हुन बाँकी छ ।

संविधानमा पहिलो पटक राष्ट्रिय सभा गठन हुँदाका सदस्यमध्ये एक तिहाइको दुई वर्ष, अर्को एक तिहाइको चार वर्ष र बाँकीको ६ वर्ष पदावधि रहने व्यवस्था छ । गोलाप्रथाबाट सांसदहरूको पदावधि निर्धारण गरिएको थियो ।

त्यहीअनुसार हिजाे १९ जना सांसद बिदा भएका हुन् । नयाँ सांसदको पदावधि ६ वर्ष हुनेछ । संघीय संसद्को पहिलो अधिवेशन सुरु भएको २०७४ फागुन २१ गतेबाट दुईवर्षे पदावधि गणना भएको हो ।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →