एनआरएनए जापानले गठन गर्‍यो ५१ सदस्सिय मानर्थ परिषद

टोकियो ,फागुन २१ गते । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको तेश्रो नियमित बैठकबाट ५१ सदस्सिय मानर्थ परिषद गठन तथा आर्थिक बिवरण लगायत अन्य बिबिध निर्णयहरु सार्वजनिक गरेको छ ।

जापान स्थित बिभिन्न क्षेत्रका सक्रिय नेपाली तथा जापानीज व्यक्ति जसले नेपाली समुदाय र नेपालका लागि प्रत्यक्ष वा अप्रत्यक्ष योगदान पुर्याएको आधारमा, मानर्थ सदस्यमा मनोनित गरिएको एक बिज्ञप्ति द्वारा जनाइएको छ ।

एनआरएनए जापानका प्रवक्ता सिद्धार्थ श्रेष्ठद्वारा हस्ताक्षरित प्रेस बिज्ञप्ति अनुसार सन् २०१९ – २१ का लागि मानर्थ परिषद गठन गरेको हो । विज्ञप्ती अनुसार मानर्थ परिषदमा – हरी सापकोटा , राजन श्रेष्ठ , अर्जुन अधिकारी , राजेन्द्र श्रेष्ठ , राजबिन थापा , मुक्तीराम खरेल , टिकाराम कडेल , प्रेम आचार्य , सन्तोष थापा , दिपक देबकोटा , सागर कंडेल , राजकुमार अधिकारी , यम खत्री , राजेन्द्र थापा , अर्जुन केसी , माधव उप्रेती , शुसिल गिरी , महेन्द्र गिरी , महेस रिसाल , बुद्धी शेरचन , गोपाल सापकोटा , पुरुषोत्तम सिग्देल , नारायण कंडेल , सुनिल केसी , सागर भन्डारी , भोजेन्द्र सुबेदी , गृष्मा पौड्याल , नबिन अधिकारी , गेलु शेर्पा , कृष्ण सापकोटा , दिनेस लोहनी , अम्बर गुरुङ , रत्न सिंह बस्नेत , हरी लामीछाने , सुमन लिम्बु , कृष्ण के सी , आशीष थापा , शरद राई , पुर्ण चलाउने , अर्जुन थापा , गिरीजा गैरे , बिष्णु भन्डारी , कृष्ण खरेल , राज पुरी त्यसैगरि जापानी नागरिकमा मियाजाकी कोजी , युकी आबे , कोनिसि तोसिआकी , युको सानो , सासाकी हिरो , योसिहरु कोमियामा , यामासिता किन्जोलाई मनोनित गरेको छ ।

एनआरएनए जापानको रिक्त महिला सदस्यकोटामा स्मृति आचार्यलाई मनोनित गरीएको बताईएको छ । यसका साथै ,आईसिसी अधिवेशनमा प्रतिनिधी जानका लागि सदस्यता शुल्क बुझाएता पनि एनआरएनए जापानले तोकेको मापदण्ड नपुगी जान नपाएका सदस्यहरूलाई कोषाध्यक्ष कालिका थापाको संयोजक्तामा पाँच सदस्य कार्यदल गठन गरी शुल्क फिर्ता गर्ने कार्य पनि सम्पन्न भएको पनि उल्लेख गरिएको छ ।

साथै हाल सम्म संस्थाको कोषमा नगद ५० लाख १७ हजार ७ सय ५४ येन रहेको र जसमध्ये ४० लाख येन एनआरएनए जापानको आपतकालीन राहत कोषमा जम्मा गर्ने निर्णय गरिएको पनी विज्ञप्तीद्वारा जनाईएको छ ।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →