बागलुङ-
नेपाल ट्रेड युनियन काँग्रेस बागलुङले आफ्नो ७४ औं स्थापना दिवस मनाएको छ । दिवसको अवसरमा बुधबार बागलुङ सदरमुकाममा रहेको धौलागिरी अञ्चल अस्पतालका विरामीहरुलाई फलफुल वितरण गरेको छ । तत्कालिन अवस्थामा वि.स. २००३ साल फागुन २१ गते नेपाल मजदुर संघको नामबाट युनियनको स्थापना भएको थियो ।
स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै ट्रेड युनियन काँग्रेस केन्द्रिय महिला विभाग उपाध्यक्ष शकुन्तला शर्माले श्रमिकको हकहित र अधिकार संरक्षणका निम्ती ट्रेड युनियन काँग्रेस सधै अग्रणी भुमिकामा रहेको बताईन । उनको विद्यमान श्रम ऐनमा व्यवस्था भए अनुसारको मापदण्डहरुलाई सरकारले प्रभावकारी बनाएर लानुपर्ने धारणा थियो । शर्माले सवै श्रमिकको सम्मान गरे र उनिहरुको अधिकारलाई सुनिश्चित गरेमा मात्र मुलुकमा समृद्धिको सम्भव रहेको बताईन ।
कार्यक्रममा धौलागिरी अञ्चल अस्पतालका निमित्त सुपरिटेन्डेण्ट शैलेन्द्र बि. पोखरेलले विभिन्न संघ संस्थाको सहयोगका कारण अस्पतालमा थप टेवा पुगेको बताए । अस्पतालमा रहेका १८ जना विरामीलाई फलफुल वितरण गरिएको थियो ।
राणाकालमा मजदुरका माग पुरा गराउन विराटनगर जुटमिलमा काँग्रेस सभापति एवं पुर्व प्रधानमन्त्री स्व. गिरिजा प्रसाद कोईरालाको नेतृत्वमा भएको अम हटतालले तत्कालिन शासकलाई झुक्न बाध्य पारेको थियो । नेपालको राजनितिक परिवर्तनका निम्ती श्रमिकहरुको ठुलो योगदान गरहेको छ ।
कार्यक्रम नेपाल ट्रेड युनियन काँग्रेस बागलुङका अध्यक्ष ईश्वर ठाकुर पौडेलको अध्यक्षता उपाध्यक्ष सिता सापकोटाको स्वागत र सह सचिव चुडामणी आचार्यको संचालनमा सम्पन्न भएको थियो ।