बागलुङ-
पुर्व प्रधानमन्त्री एवं नेपाली काँग्रेसका पुर्व सभापति स्व.सुशील कोईरालाको सम्झनामा स्थापित सुशील कोईराला सोसलिष्ट युथ सर्कल बागलुङको अध्यक्षमा विद्यार्थी नेता दिपक सुवेदी चयन भएका छन । सुवेदीलाई सर्कलका केन्द्रीय अध्यक्ष तारा बहादुर थापाले एक कार्यक्रमका विच जिल्ला कार्यसमितिको अध्यक्ष पदको जिम्मेवारीको पत्र हस्तान्तरण गरेका छन ।
लामो समय देखी नेविसंघको राजनितिमा क्रियाशिल विद्यार्थी नेता सुवेदी धौलागिरी बहुमुखी क्याम्पसको नेविसंघको ईकाई सचिव हुन । उनि विद्यार्थी विच लोकप्रिय व्यक्तिको रुपमा परिचित छन । समितिको अन्य पदाधिकारी र सदस्यहरुको भने छलफल पछि टुंगो लाग्ने बताईएको छ ।
आफुले जिम्मेवारी समाल्दै सुवेदीले स्वर्गिय सुशील कोईरालाले देखाएको बाटोमा आम युवाहरु हिड्नका लागि सर्कलले प्रेरित बनाउने विश्वास रहेको बताए । उनले युथ सर्कल मार्फत युवाहरुको क्षमता र नेतृत्व विकासका लागि विभिन्न कार्यक्रम संचालन गर्न प्रतिवद्धा व्यक्त गरे सुवेदीले जिल्ला कार्यसमितिलाई पुर्णता दिने क्रममा सवै युवाहरुको छलफलबाट प्रतिनिधित्व हुनेगरी कार्यसमितिलाई पुर्णता दिने जानकारी दिए ।
कार्यक्रममा युथ सर्कलका केन्द्रिय अध्यक्ष तारा बहादुर थापाले नेपालको संविधान जारी गर्ने संविधानका पिता समेत भनेर चिनिने स्व. सुशील कोइरालाले देखेको सपनालाई युवाहरुले साकार पार्नका निम्ती युथ सर्कलको स्थापना गरिएको बताए । उनले युथ सर्कल मार्फत काँग्रेस भित्र देखिएको विकृति र विसंगतिको अत्यका लागि पनि प्रयास गर्ने बताए । युथ सर्कलको हाल देशका १६ वटा जिल्लामा जिल्ला समिति गठन भै सकेको छ ।
कार्यक्रममा नेपाल महिला संघ बागलुङका जिल्ला अध्यक्ष शकुन्तला शर्मा, गिरिजा प्रसाद कोइराला फाउण्डेशनका जिल्ला संयोजक महेन्द्र प्रसाद कंडेल, धौलागिरी बहुमुखी क्याम्पसका स्ववियु सभापति मनिष थापा लगायतले बोलेका थिए । कार्यक्रमको संचालन त्रिवी केन्द्रीय क्याम्पस नेविसंघका ईकाइ सभापति कृष्ण शर्माले गरेका थिए ।
सन् १९३९ विराटनगरमा जन्मिएका स्व. कोइराला पार्टीमा लामो समयसम्म केन्द्रीय सदस्य, महामन्त्री, उपसभापति र कार्यवाहक सभापति भएर काम गरेका थिए भने काँग्रेसको १२ औं महाधिवेशनबाट सभापतिमा बिजयी भए ।
कोईराला २०७० माघमा नेपालको ३७ औं प्रधानमन्त्रीको निर्वाचित भएका थिए । उनले वि. सं. २०७२ माघ २६, काठमाण्डौको महाराजगञ्ज स्थित आफनै निवासमा निधन भएको थियो । कोइराला सन्त राजनीतिक नेताका रूपमा पनि परिचित थिए । उनकै सम्झनामा युथ सर्कलको स्थापना गरिएको हो ।