बागलुङ-
प्रतिवन्धित नेत्रविक्रम चन्द (विप्लव) समुह नेकपाका बागलुङ नगरका ईन्चार्ज काशिनाथ पौडेल (मुरारी) ले शुक्रबार जिल्ला प्रशासन कार्यालय समक्ष आम्मसर्मपण गरेका छन । जिल्लाको बागलुङ नगरपालिका –४ घर भै लामो समयदेखी विप्लब नेतृत्वको संगठनमा आवद्ध रहेका पौडेलले आफुले विप्लब समुह परित्याग गरेको घोषणा सहित प्रशासनमा आत्मसर्मपण गरेका हुन ।
५३ बर्षिय पौडेल प्रमुख जिल्ला अधिकारी प्रहरी प्रशासन नागरिक समाज राजनैतिक दलका प्रतिनिधि र पत्रकारहरुको रोहबरमा आत्मसर्मपण गरेका हुन । विप्लब समुहमा संलग्न भई विभिन्न गैरकानुनी क्रियाकलापमा लागेको भन्दै प्रहरीले पौडेललाई यही फागुन १ गते उनकै निवासबाट पक्राउ गरेको थियो ।
२३ दिन सम्म हिरासतमा रहेका पौडेल आफु आउँदो दिनमा स्वतन्त्र नागिरकको हैसियतले जिवनयापन गर्ने र कृषि पेशामा संलग्न रहेने प्रेस विज्ञप्ती जारी गरी प्रतिवद्धता जनाएका छन । उनले अबदेखी प्रचलित नेपालको संविधान र कानुन विपरित हुने कुनै पनि गतिविधिमा नलाग्ने समेत प्रतिवद्धता व्यक्त गरेका छन । प्रशासनले उनलाई ५ हजार रुपैया धरौटीमा रिहाई गरेका बागलुङका प्रमुख जिल्ला अधिकारी गौलोचन सैंजूले जानकारी दिए ।
उनलाई आफुले जनाएको प्रतिवद्धता भन्दा बाहिर गएर कुनै पनि गतिविधि नर्गन प्रशासनले आग्रह गरेको छ । पौडेललाइ साधारण तारेखमा उनको परिवारको जिम्मा लगाएको छ । पौडेलले पार्टी परित्याग गर्ने घोषणा गरेपछि धरौटीमा रिहा गरिएको प्रमुख जिल्ला अधिकारी संैजुले बताए ।