बागलुङ-
बागलुङको काठेखोला गाउँपालिका–५ विहुका तिन दाजुभाईले आफ्ना सानी आमा र सनाबाको स्मृतिमा विद्यालयमा अक्षयकोषको स्थापना गरेका छन । विहुका गौरीश्वर शर्मा बालकृष्ण सुवेदी र दिपक सुवेदीले बागलुङ नगरपालिका–१३ पैयुँपाटामा रहेको त्रिभुवन माध्यामिक विद्यालयमा अक्षयकोषको स्थापना गरेका छन । सुवेदी परिवारले पैयुँपाटा खस्रेडाँडाका रहेका आफ्ना सनबाबा स्व. मोहदत्त लामिछाने र सानिआमा स्व. कौशिलादेवीको सम्झनामा १ लाख २५ हजार ५ सय ५ रुपैयाँ बराबरको अक्षकोष स्थापना गरेको त्रिभुवन मावि पैयुँपाटाका शिक्षक कृष्ण पौडेलले जानकारी दिए । उनिहरुले आफ्नी सानिआमा स्व. कौशिलादेवी लामिछानेको १३ औ दिनको पुण्य तिथिको अवसरमा शुक्रबार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनानाथ शर्मा र प्रध्यानध्यापक रमाशंकर शर्मालाई अक्षय स्थापनाका निम्ती रकम हस्तान्तरण गरेका थिए । उक्त रकम त्रिभुवन मावि, पैयुँपाटामा “मोहदत्त कौशिला अक्षयकोष“ को नाममा रहेको छ । उक्त रकमको व्याजबाट हरेक वर्ष विद्यालयमा अध्ययनरत गरिब तथा जेहन्दार विद्यार्थीलाई छात्रबृति प्रदान गर्ने उद्देश्य रहेको अक्षयकोषका संस्थापक गौरीशंकर शर्माले बताए । शर्माले आफु यसै विद्यालयमा अध्ययन गरेको हुँदा यस विद्यालयको शैक्षिक उन्नयनका लागि सनबाबा र सानीआमाको नाममा अक्षयकोषको स्थापना गरेको बताए । त्रिभुवन माविमा दुई दर्जन भन्दा बढि प्रतिभा पुरस्कार तथा स्मृति पुरस्कार रहेका छन । हरेक वर्ष विद्यालयको बार्षिकोत्सवको अवसरमा उक्त पुरस्कारहरु प्रदान गर्दै आएको विद्यालयका प्रध्यानध्यापक रमाशंकर शर्माले बताए ।