एजेन्सी । इटालीले कोरोना भाइरसको संक्रमण नियन्त्रणमा लिन एक करोड ६० लाख मानिसलाई क्वारेन्टाइनमा राखिने भएको छ ।
कोरोना सङ्क्रमण नियन्त्रणको लागि एक करोड ६० लाख मानिसको बसोबास रहेको क्षेत्रलाई पूर्ण रुपमा ‘लक डाउन’ गरी क्वारेन्टाइन बनाइने भएको छ ।
लोम्बार्डी क्षेत्र र उत्तर तथा पूर्वका ११ प्रान्तलाई लक डाउन गर्ने तयारी इटालीले गरेको हो । ती क्षेत्रमा लागु हुने अनिवार्य क्वारेन्ताइन अप्रिलको सुरुमा सकिने छ ।
तीव्र गतिमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९०) को संक्रमण नियन्त्रणमा लिने प्रयासमा रहेको इटालीले जिम, स्वीमिङ्ग पुल, संग्रहालय र स्की रिसोर्ट बन्द गर्ने भएको हो ।
चीन बाहिर कोरोनाका कारण खराब रुपले प्रभावित भएको इटालीमा नयाँ संक्रमण दर तीव्र रुपमा बढेको छ । इटालीमा शनिबार एकै दिन संक्रमितको संख्या चार हजार भन्दा बढीले थपिएका छन् ।
शनिबारसम्म इटालीमा संक्रमितको संख्या ५८ सय ८३ पुगेको छ । अघिल्लो दिनसम्म संक्रमितको संख्या १२ सय भन्दा केही बढी मात्रै थियो । यस्तै इटालीमा ज्यान गुमाउनेको संख्या २३० नाघेको छ।