नेपालबाट अस्ट्रेलिया पुगेका विद्यार्थीमा कोराना संक्रमण

अस्ट्रेलिया फागुन २२ गते । नेपालबाट अस्ट्रेलिया पुगेका एक विद्यार्थीमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। २० वर्षीय ती विद्यार्थी नेपालदेखि सिंगापुर ट्रान्जिट हुँदै गत फेब्रुअरी २६ मा अस्ट्रेलिया पुगेका थिए।

उनको पूर्ण परिचय भने खुलाइएको छैन।

अस्ट्रेलियन सञ्चारमाध्यमका अनुसार उनी होबर्ट होटेलमा काम समेत गर्ने विद्यार्थी हुन्। गत शुक्रबार उनको स्वास्थ्य परीक्षण गरी रिपोर्ट नआउन्जेल स्व–क्वारेन्टाइनमा बस्न सुझाव गरिएको थियो। परीक्षणको रिपोर्ट शनिबार अबेर आएको हो। होटेलमा अरू कर्मचारीलाई समेत सर्न सक्ने भएकाले अधिकारीहरूले उनीहरूको समेत स्वास्थ्य परीक्षण गरिने बताएका छन्।

अहिले उक्त संक्रिमित विद्यार्थीलाई शाही होबर्ट अस्पतालमा आइसोलेसनमा राखिएको छ। उनको स्वास्थ्यमा सन्तोषजनक सुधार आएको स्वास्थ्य विभागले बताएको छ।

त्यस्तै सँगै बस्ने उनका तीन साथीलाई समेत दुई साताका लागि क्वारेन्टाइनमा राखिएको छ।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →