बागलुङ- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बागलुङले पार्टी एकता सुदृढीकरण तथा जनसम्बन्ध विस्तार अभियानको शनिबार देखी सुरु गरेको छ । यस अघिको जिल्ला कमिटीको बैठकले पार्टीको संगठन सुदृढिकरणका लागि आगामी तीनमहिना अभियान संचालन गर्ने निर्णय बमोजिम शनिबार देखी अभियानको शुभारम्भ गरेको छ । अभियान शुभारम्भको अवसरमा हाल विश्वमा महामारीका रूपमा फैलिरहको कोरोना भाइरस (कोभिड–१९) बाट बच्नका बागलुङ बजारमा सचेतनात्मक अभियान सञ्चालन गरेको थियो ।
अभियानको शुरु सँगै आफ्ना कार्यकर्ता तथा आम सर्वसाधरणलाई कोरोना भाईरसका लक्षण तथा यसबाट बच्ने उपायका बारेमा विभिन्न पर्चा पम्प्लेट वितरण गरेको थियो । शनिबार बागलुङ बजारका प्रत्येक चोक चोक र पसल पसलमा कोरोना बाच बच्ने उपायका बारेमा जनचेतना फैलाईएको नेकपा बागलुङका अध्यक्ष ईन्द्रराल सापकोटाले बताए । ‘पार्टी एकता सुदृढीकरण तथा जनसम्बन्ध विस्तार अभियानका क्रममा कोरोना भाइरससम्बन्धी सचेतना समेत प्रदान गर्नेछौँ, सापकोटाले भने ‘शुभारम्भका अवसरमा बागलुङ बजारमा कोरोना भाइरसबाट बच्ने उपाय तथा लक्षणका बारेमा जनचेतना प्रदान गरियो । आगामी दिनमा गाउँ गाउँमा हुन कार्यक्रममा पनि यसको बारेमा हामी सचेतना फैलाउने छौं ।
अभियान अन्तर्गत वडा तहसम्मका कार्यक्रम, भेटघाट तथा सदस्यता शुद्धीकरण लगायतका कार्य गरिने छ । कोरोना भाइरसको प्रकोपका कारण ठूला सभा तथा कार्यक्रम नगर्ने पार्टीको केन्द्रीय निर्णयानुसार भेटघाट तथा सङ्गठन सुदृढीकरणमा विशेष जोड दिने नेकपा जिल्ला इन्चार्ज बलावती शर्माले जानकारी दिईन । शर्माका अनुसार जिल्लाका सवै स्थानिय तहमा अभियान संचालन गर्नका निम्ती जिम्मेवारी पनि बाँडफाड गरिएको छ ।