बागलुङ– सरकारले प्रदान गर्ने सामाजिक सुरक्षा भत्ता वितरणको जिम्मा पाएको ग्लोबल आईएमई बैंकले गाउँ गाउँमा पुगरेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । बैंकले शनिबार बागलुङ नगरपालिका–१३ पैयुँपाटाको त्रिभुवन मावि र जनमत माविमा पुगरे स्थानियलाई भत्ता वितरण गरेको हो । गाउँमा रहेका अशक्त अपाङ्ग वृद्धवृद्धाहरुलाई वडा कार्यालय जान र बैंकको शाखा रहेको स्थान सदरमुकाम आउन कठिनाई पर्ने हुँदा उनिहरुको सुविधको लागि गाउँमा नै पुगेर वितरण गरिएको ग्लोबल आईएमई बैंक बागलुङ शाखाका प्रवन्धक हेमराज शर्माले बताए । शर्मा सहित बैंकमा कार्यरत अन्य कर्मचारीहरु गाउँमा नै पुगरेर सामाजिक सुरक्षा भत्ता वितरण गरेका थिए ।
गाउँमा नै भत्ता बुझन पाउँदा स्थानिय पनि हर्षित भएका छन । आफ्नै गाउँमा भत्ता बुझन पाउँदा निकै सहज भएको बानपा–१३ पैयुँपाटाका ७६ बर्षिय महेश्वर शर्माले बताउँछन । ‘हामी पहिले वडा कार्यागएर भत्ता बुझने गथ्यौं । वडा जाँदा कहिले सचिव नभेटिने, कहिले कागजपत्र पुगेन भनेर फर्कनुपर्ने थियो । शर्माले भने,‘ अहिले बैंकमा खाता खोलेका छौं चेक लगेर गए हुँन्छ ।
गाउँमा नै आएर दिन्छ धेरै सजिलो भएको छ । आफुले चाहे गाउँमा आएको बेला लगे भयो नत्र आफ्नै खातामा रहने रहिछ । दुई घण्टा लगाएर वडा कार्यालय जानुपर्ने बाध्यता पनि हटेको उनको भनाई थियो । सदरमुकाम आउन निकै टाढा र खर्चिलो र असमर्थ अशक्त अपाङ्ग वृद्धवृद्धा तथा दलित सबैलाई मध्यनगर गरी नगरपालिका र वडा कार्यालयको समन्यमा बैंकले गाउँमा नै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको प्रवन्धक शर्माले बताए ।
पैयुँपाटामा रहेका ८ सय भन्दा बढि सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने मध्ये शनिबार मात्र पाँच सय १५ लाई वितरण गरिएको शर्माले जानकारी दिए । बैंकले बागलुङ नगरपालिकाको वडा नं–५, १२, १३ मा सामाजिक सुरक्षा भत्ता वितरण गर्ने जिम्मेवारी पाएको छ । आउँदो शनिबार अर्थात चैत्र ८ गते बानपा १२ अमलाचौरमा वितरण गर्ने कार्यक्रम रहेको जनाईएको छ ।