बागलुङ
जिल्लाको पश्चिम ढोरपाटनमा एक बुुद्धाले धारीलो हतियार प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन । बुधबार राती ९.४५ ढोरपाटन नगरपालिका–७ का ६२ बर्षिय देविराम विकले ५० बर्षिया श्रीमती गौरा विककलाई फलामको गैचीले टाउकोमा प्रहार गरी हत्या गरेका हुन । विकको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख प्रहरी उपरिक्षक नवराज भट्टले जानकारी दिए ।
देविरामले श्रीमतीलाई हतियार प्रहार गरि हत्या गरेको सूचनाको आधारमा घटनास्थल पुगेको प्रहरी चौकी ढोरपाटनको टोलीले बिहीबार उनलाई पक्राउ गरि जिल्ला प्रहरी कार्यालय बागलुङ ल्याएको छ ।
अत्याधिक मादक पदार्थ सेवन गरेर सामान्य घरायासी विवादमा देविरामले गैंची प्रहार गर्दा गौराको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक गौराको शव बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र पोष्टमार्टम गरेर आफन्तको जिम्मा लगाइएको प्रहरी प्रमुख भट्टले जानकारी दिए ।