बागलुङ- गत फागुन २३ गते दिउँसो दुर्घटनामा परेर उपचारमा रहेका नेपाल बंगलादेश बैंकका शाखा प्रवन्धक विकास पौडेलको उपचारका लागि जिल्लामा कार्यरत बैंर्कसहरुले करिब दुई लाख रुपैयाँ सहयोग प्रदान गरेका छन् ।
प्रवन्धक पौडेल बागलुङ बजारको मरेपिपलबाट बा ९२ प २९२० नम्बरको मोटर साईकलमा बागलुङ नगरपालिका–१ रामरेखा तर्फ जाने क्रममा दुर्घटनामा परेका थिए । बैंकर्स एशोसियसन बागलुङको पहलमा जिल्लामा सञ्चालनमा रहेका २७ वटा बैंकमा कार्यरत बैंकर्सहरुबाट सहयोग संकलन भएको कुल १ लाख ९८ हजार २ सय रुपैयाँ प्रदान गरिएको एशोसियसनका सदस्य तथा सेञ्चुरी बैंकका शाखा प्रवन्धक दिपक शर्माले बताए । एउटै क्षेत्रमा काम गरेका सहकर्मीलाई अप्ठ्यारो पर्दा पेशागत र मानवीय सेवा भावले सद्भाव स्वरुप सहयोग प्रदान गरिएको प्रवन्धक शर्माले भनाई छ ।
निर्माणाधिन सडकको छेउबाटा यात्रा गर्ने क्रममा मोटरसाईकल अनियन्त्रीत भई सडकबाट तल खस्दा प्रवन्धक पौडेल गम्भिर घाईते भएका थिए । उनलाई तत्काल धौलागिरी अञ्चल अस्पतालमा सामान्य उपचार पश्चात हेलिकप्टरबाट काठमाडौं लगिएको थियो उनको काठमाण्डौ शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
हेराै कुन बैकले कती दिए ।