बागलुङ- महामारी रोक्न र विपद व्यवस्थापनमा सवै सचेत बन्नुपर्ने बागलुङमा आयोजित एक कार्यक्रममा सहभागीले जनाएका छन । बागलुङ नगरपालिका र स्वास्थ्य कार्यालय बागलुङको संयुक्त आयोजनामा भएको नसर्ने रोग तथा महामारी नियन्त्रण सम्बन्धी अभिमुखिकरण कार्यक्रममा सहभागीले पछिल्लो समयमा नसर्ने रोग र महामारीको प्रकोप बढदै गाएका कारण यसबाट सुरक्षित रहन सवैलाई आग्रह गरिएको थिए । सहभागीले हाल विश्वभर फैलिएको कोरोना भाईरसको संक्रमणबाट सवै जोगिनुपर्ने बताएका थिए । कार्यक्रममा बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलले बागलुङ नगर क्षेत्रका प्रत्येक स्वास्थ्य संस्थाबाट कोरोना भाईरसको संक्रमणबाट जोगिनका लागि विभिन्न सचेतनामुलक कार्यक्रम गरिने बताए । उनले आम जनतालाई यसको बारेमा सकरात्मक सन्देश प्रवाह गरी नआत्तिने बातावरण श्रृजना गर्न स्वास्थ्यकर्मिलाई आग्रह गरेका थिए । नगरपालिकाले कार्यालयमा आउने सेवाग्राहीलाई सेनिटाईजर लगाउने, साबुन पानीले हात धुने जस्ता कुराहरु सिकाई रहेको बताए ।
बागलुङ नगरपालिकाका सवै स्वास्थ्य संस्थाका स्वास्थ्य संस्था प्रमुख वडा अध्यक्षहरु सहभागी रहेको कार्यक्रममा नगरक्षेत्रमा हुने विपद जोखिमबाट सजग हुनका लागि सवैले चासो राख्नुपर्ने बताईएका थियो । सो अवसरमा नगरपालिका भित्र भएका विपद व्यवस्थापनका कार्यको बारेमा छलफल गरिएको थियो । त्यसका साथै आगामी चैत्र १५ गते देखी सुरु हुने दादुरा रुबेला खोप अभियानका बारेमा पनि छलफल गरिएको थियो । १५ गते देखी २३ गते सम्म संचालन हुने खोप अभियानमा बालबालिकाको खोप पाउने अधिकारबाट कसैलाई पनि बञ्चिन नगराउन नगरपालिकाले आग्रह गरेको छ ।
कार्यक्रममा स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले नसर्ने रोग र कोरोना भाईरसको बारेमा सहभागीलाई जानकारी गराएका थिए । खोप र अन्य महामारी रोगको बारेमा नगरपालिकाका जनस्वास्थ्य निरिक्षक एवं स्वास्थ्य शाखा संयोजक रामप्रसाद खनालले जानकारी गराएका थिए ।
अभिमुखिकरण कार्यक्रममा नगरप्रमुख जनकराज पौडेललको अध्यक्षतामा बागलुङ नगरपालिका स्तरीय महामारी तथा विपद व्यवस्थापन समिति गठन गरिएको छ । त्यसको सदस्यहरुमा नगरभित्रका सवै वडाका वडा अध्यक्ष र स्वास्थ्य संस्था प्रमुखहरु रहेको नगरपालिकाका स्वास्थ्य शाखा सहसंयोजक डिल्ली प्रसाद आचार्यले जानकारी दिए । समितिल महामारी रोकथाम र विपद व्यवस्थापनमा महत्वपुर्ण भुमिका निर्वाह गर्ने जनाईएको छ ।