कोरोनाभाइरस: भारत : सङ्क्रमितको सङ्ख्यामा वृद्धि, बिहारमा ‘पहिलो मृत्यु’कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्यामा वृद्धि, बिहारमा ‘पहिलो मृत्यु’

काठमाडौँ, चैत ९ गते । कोरोनाभाइरसको सङ्क्रमण रोक्ने उद्देश्यले ‘जनता कर्फ्यु’ लगाइएको भारतमा सङ्क्रमितहरूको सङ्ख्या बढेर ३४१ पुगेको छ।

त्यहाँको मेडिकल रिसर्च एशोसियसनले उक्त जानकारी दिएको हो।

जसअनुसार आइतवार मुम्बईमा छजना र पुणेमा चारजना गरी महाराष्ट्र राज्यमा थप १० जना नयाँ सङ्क्रमित फेला परेका हुन्।

महाराष्ट्रको स्वास्थ्य विभागका अनुसार त्यहाँ ७४ जनामा सङ्क्रमण भेटिएको छ र एकजनाको मृत्यु भएको छ।

आधिकारिक तथ्याङ्क अनुसार भारतमा अहिलेसम्म छजनाको मृत्यु भएको छ।
कतारबाट पुगेकाको मृत्यु

नेपालको सिमाना जोडिएको बिहार राज्यमा दुईजना नयाँ सङ्क्रमित फेला परेको र एकजनाको मृत्यु भएको जनाइएको छ।

राजधानी पटनाको एम्स अस्पतालमा ती व्यक्तिको मृत्यु भएको हो।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →